१७ तस्बिरमा हेर्नुस् काठमाडौंमा ऋषि पञ्चमी पूजा « Khabarhub

१७ तस्बिरमा हेर्नुस् काठमाडौंमा ऋषि पञ्चमी पूजा


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सनातन हिन्दू धर्मावलम्बी नारीहरूले आज (आइतबार) सप्तर्षिको पूजा गरी ऋषि पञ्चमी पर्व मनाएका छन् ।

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा नारीहरू बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गएर ३६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन् ।

नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ।

यसैकारण आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय मान्यता छ।

आज काठमाडौंको पशुपतिनाथ, टेकुस्थित ऋषेश्वर मन्दिरलगायत मुलुकभरका ऋषि मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लागेको छ ।

काठमाडौंको टेकुस्थित ऋषेश्वर र काठमाडौंको गुह्येश्वरी मन्दिर आसपासमा श्रद्धालु महिला भक्तजनहरू ऋषि पञ्चमी पूजा गरिरहेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ११ : ५८ बजे

सुनको मूल्य ३ लाख माथि पुग्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

ट्रम्पले चेतावनी दिँदै नेतन्याहूलाई भने : सावधानी अपनाऊ, नत्र विश्व जगतमा एक्लै पर्छौ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई इरानविरुद्ध

भूपू गोर्खाको समस्या समाधानमा परराष्ट्र मन्त्रीको अग्रसरता, बेलायतका दुई मन्त्रीसँग संवाद

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरूका लामो समयदेखि

मैदानमै ढलेका एरिक्सन अस्पतालबाट घर फर्किएपछि भने, ‘मेरो स्वास्थ्य सुधार हुँदैछ’

कोपनहेगन- डेनमार्कका स्टार फुटबलर क्रिस्चियन एरिक्सन मैत्रीपूर्ण फुटबलका क्रममा मैदानमा

चक्रपथका आकासे पुल एक दशक पुग्न लाग्दा पनि अधुरै (फोटो फिचर)

काठमाडौँ – काठमाडौँ चक्रपथअन्तर्गत बल्खु, सानेपा र महालक्ष्मीस्थानमा निर्माणाधीन आकासे