कांग्रेस-एमाले सरकार टिकिरहे माओवादी बलियो भएर आउँछ : प्रचण्ड « Khabarhub

कांग्रेस-एमाले सरकार टिकिरहे माओवादी बलियो भएर आउँछ : प्रचण्ड


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समानुपातिक र समावेशी अधिकारलाई उल्टाउने गरि संविधान संशोधन हुन नसक्ने बताएका छन् ।

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले संविधान संशोधनको विरोधी आफूहरू नभएको जिकिर गरे।

तर समानुपातिक र समावेशी अधिकारलाई उल्ट्याउने गरि संविधान संशोधन हुन नसक्ने उनले जिकिर गरेका छन् ।

जनताले पाएको अधिकार उल्ट्याउने गरी र समानुपातिक र समावेशी प्रणालीलाई राष्ट्रिय सभामा लाने गरि संशोधन गर्न खोजिए सहमत हुन नसकिने उनको भनाइ छ ।

प्रचण्डले जनताले पाएको अधिकार अझै थप्ने गरी गरिने संविधान संशोधनमा आफ‍ूहरूको सकारात्मक समर्थन नै हुने तर्क गरे ।

त्यस्तै उनले अहिले माओवादीको ध्यान सरकार बनाउनेतर्फ नरहेको र नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन २०८४ सालसम्म जारी राखे आफूहरूलाई पार्टी सुदृढ र संगठित गर्न सजिलो हुने बताए ।

दाहालले अहिलेको गठबन्धनको सरकार भ्रष्टाचारीहरूलाई जोगाउन निर्माण भएको आरोप समेत लगाएका छन् ।

प्रचण्डले आफूले देशलाई बंगलादेश बनाउँछु भनेर कहिल्यै नभएको बताउँदै वर्तमान गठबन्धनले दुइतिहाईको दम्भ र अहंकार देखाए जनताले बंगलादेशको परिस्थिति ल्याउन सक्नेतर्फ सचेत गराएको स्पष्ट पारे ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  १२ : २५ बजे

भोटेकोशी बाढी : शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

कञ्चनपुर– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरको दोधारा

भोटेकोशी बाढीबारे गगन : नेपालले व्यहोरेको क्षति प्रमाणसहित विश्वमाझ लैजानु पर्छ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय

भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु

काठमाडौं– विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार

ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको