२५ अंकले घट्यो शेयर बजार, कारोबार १० अर्ब माथि  « Khabarhub

२५ अंकले घट्यो शेयर बजार, कारोबार १० अर्ब माथि 


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–साताको पहिलो शेयर बजार घटेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.४६ अंकले घटेको छ । आज नेप्से ०.९३ प्रतिशतले घटेर २७०१.९० विन्दुमा पुगेको छ ।

आज प्रि-ओपन सेसनमा ५ अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही समयमा माथि गएको थियो । आज उच्चतम २७६० विन्दु र न्यूनतम २६९७ विन्दु सम्म नेप्से परिसूचक पुग्यो ।

आज दिनभरमा १० अर्ब १२ करोड २४ लाख रुपैयाँ बराबरको २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता शेयर १ लाख १२ हजार ३०० किनबेच भएको छ ।

आज ३२८ वटा कम्पनीको शेयर कारोबार हुँदा ८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

समूहमा आज सबैभन्दा बढी विकास बैंक समूह घटेको छ । उक्त समूह आज २.०७ प्रतिशतले घटेर ५ हजार ४२३.५४ विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी लघुवित्त समूह बढेको छ । लघुवित्त आज १.२१ प्रतिशतले बढेर ५ हजार २७५.५० विन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक समूह १.५८ प्रतिशतले, फाइनान्स १.२४ प्रतिशतले, होटल एण्ड टुरिजम १.४१ प्रतिशतले, हाइड्रो ०.६० प्रतिशतले, लगानी ०.५४ प्रतिशतले, जिवन बीमा १.४२ प्रतिशतले, निर्जीवन बीमा १.२८ प्रतिशतले, अन्य समूह १.२८ प्रतिशतले र ट्रेडिङ समूह १.२४ प्रतिशतले घटेको छ ।

साथै, उत्पादन तथा प्रशोधन समूह ०.५० प्रतिशतले र म्युचुअल फण्ड समूह ०.२२ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ३ : १७ बजे

राहुल भन्छन् : आन्दोलनरत विद्यार्थी आतङ्ककारी होइनन्, देशका भविष्य हुन्

काठमाडौं- भारतको लोकसभामा प्रतिपक्षी नेता राहुल गान्धीले आन्दोलनरत विद्यार्थीलाई आतङ्ककारीको

आन्तरिक एकतामा संस्थापन गम्भीर नभएको इतर पक्षको आरोप

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर पक्षले पार्टीको आन्तरिक एकताका लागि

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल

आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल

काठमाडौं– आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन र स्वास्थ्य प्रणालीसँग एकीकृत