रणवीर-दीपिकालाई पुत्रीलाभ ! « Khabarhub

रणवीर-दीपिकालाई पुत्रीलाभ !


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउड नायिका दीपिका पादुकोणले छोरी जन्माएकी छिन्‌ । मुम्बईंको एचआर रिलान्स हस्पिटलमा आइतबार उनले छोरीलाई जन्म दिएकी हुन् ।

रणवीर सिंह र दीपिका दुवैले सामाजिक सञ्जालमार्फत् छोरीको आगमन भएको जानकारी दिएका छन् । बलिउड कलाकार, आफन्त र समर्थकहरुले यो जोडीलाई बधाई दिएको छ ।

गत फेब्रुअरी महिनामा दीपिकाले आफू गर्भवती भएको जानकारी दिएकी थिइन् । पहिलो सन्तानको स्वागत र गर्भवती श्रीमतीसँग समय बिताउनका लागि रणवीरले लामो समयदेखि फिल्ममा काम गरेका छैनन् ।

केही हप्ता अगाडि सन्तानको जन्म भएपछि बस्नका लागि यो जोडीले मुम्बईंस्थित बान्द्रामा १ अर्ब भारुमा नयाँ अपार्टमेन्ट किनेको समाचार भारतीय मिडियाहरूले प्रकाशन गरेका थिए ।

रणवीर र दीपिकाले सन् २०१८ डिसेम्बरमा विवाह गरेका थिए । विवाहपछि पनि दुवै जना बडिउडमा सक्रिय छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ४ : २७ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी