पलेशालाई ५ लाख रुपैयाँसहित कांग्रेसको सम्मान « Khabarhub

पलेशालाई ५ लाख रुपैयाँसहित कांग्रेसको सम्मान


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख सत्तारुढ नेपाली कांग्रेसले पाराओलम्पिक खेलमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेको छ।

पारा ओलम्पिकमा ऐतिहासिक कास्य विजेता तेक्वन्दो खेलाडी पलेशालाई कांग्रेसले नगद ५ लाख रुपैयाँसहितसहित सम्मान गरेको हो ।

कांग्रेसको खेलकुद विभागले पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति शेरबहादुर देउवासहित पदाधिकारीले कास्य पदक विजेता गोवर्धनसहित टोलीका सदस्यहरूलाई नगदसहित सम्मान गरेका हुन् ।

कांग्रेसले ऐतिहासिक पदक विजेता पलेशालाई नगद ५ लाख रुपैयाँसहित सम्मान पत्र प्रदान गरेको छ । प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार प्रदान गरिएको छ । यसैगरी, प्रतियोगितामा सहभागी भएका अर्का खेलाडी भरत सिंह महतालाई नगद ५० हजार प्रदान गरिएको थियो ।

त्यस्तै टिम म्यानेजर रामप्रसाद श्रेष्ठ र तेक्वान्दो संघलाई कदरपत्र प्रदान गरिएको छ । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले पलेशाको पदकले सबै नेपाली खुसी भएको बताउँदै उज्जवल भविष्यको कामना गरे ।

पारालम्पिकमा प्राप्त भएको कास्य पदकले पनि अन्तर्राष्ट्रिय जगतमा इज्जत बढेको बताउँदै सभापति देउवाले भोलिका दिनमा नेपाली खेलाडीलाई राम्रो गर्ने हौसला प्रदान भएको पनि धारणा राखे ।

यस्तै खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीलाई स्वदेशमा टिकाउन र आत्मनिर्भर बनाउनका लागि सरकार गम्भीर रहेको बताए । उहाले खेल क्षेत्रमा रहेका व्यक्तिहरूको परिवार समेत मध्यनजर गरि उनीहरुको रोजगारको उपयुक्त व्यवस्था हुनुपर्नेमा जोड दिए ।

पलेशाले पारा पारालिम्पिकमा के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामो सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् ।  पारालिम्पिकमा पदक जित्ने पलेशा पहिलो नेपाली खेलाडी पनि हुन् ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ४ : ३० बजे

राष्ट्रपति पौडेल र माधव नेपालबीच भेटवार्ता

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच आज बिहान

रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एक जनाको मृत्यु, ६ कामदार घाइते

काठमाडौं – रौतहटमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ

सिराहा र धनुषा जोड्ने कमला पुल चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौं – ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं – प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने