श्रीमतीले दायर गरेको मुद्दामा दोषी लुम्बिनीका कांग्रेस सांसद केसी जेल चलान « Khabarhub

श्रीमतीले दायर गरेको मुद्दामा दोषी लुम्बिनीका कांग्रेस सांसद केसी जेल चलान


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी ‘डीबी’ जेल चलान भएका छन् ।

लामो समयदेखि फरार सूचीका उनी आइतबार जिल्ला अदालत रुकुमपूर्वमा उपस्थित भएका थिए । अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार पठाएको छ ।

सरकारी कागज किर्ते अभियोगमा उनलाई अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । २०४८ सालको फैसला लामो समयदेखि कार्यान्वयन भएको थिएन ।

केसीलाई उनकै श्रीमती राधा केसीले सम्बन्धविच्छेदको नक्कली कागज बनाएको आरोपसहित मुद्दा हालेकी थिइन् । उक्त मुद्दामा उनी दोषी ठहर भएका थिए । नेपाली कांग्रेसका नेता केसी गत २०७९ को प्रदेश सभा निर्वाचनमा रुकुम (पूर्व) निर्वाचन क्षेत्र १ (१) बाट लुम्बिनी प्रदेश सभामा पुगेका थिए ।

यही भदौ ४ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिँदा उनी प्रदेश सभामा उपस्थित भएर पक्षमा मतदान गरेका थि ।

अदालतको आदेशअनुसार फरार सूचीमा रहेका उनी संसद्‍मा उपस्थित भएर विश्वासको मत दिँदा प्रहरी रमिते बनेको थियो ।

सरकारी कागजपत्र किर्ते गरेको अभियोगमा केसीलाई अदालतले एक वर्ष कैद र दुई हजार जरिवाना हुने फैसला सुनाएको थियो । तर बहुदल परिवर्तनलगत्तै २०४८ मा भएको फैसला अहिलेसम्म कार्यान्वयन नभएपछि केसीले निर्वाचनमार्फत प्रदेशसभाको यात्रा पनि गर्न भ्याएका थिए ।

 

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ४ : ५७ बजे

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले

विश्वकपमा वेस्ट इन्डिजको लगातार दोस्रो जित : इंग्ल्यान्ड ३० रनले पराजित

मुम्बई – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत बुधबार राति भएको

दिपेन्द्रले पाकिस्तान सुपर लिग खेल्ने : इलामावाद युनाइटेडमा ६० लाखमा अनुबन्ध

काठमाडौं – नेपाली क्रिकेट टिमका उपकप्तान अलराउन्डर दिपेन्द्रसिंह ऐरीले पाकिस्तान

निर्वाचन २१ दिन बाँकीः यी हुन् नागरिक शिक्षा प्रवर्द्धनका स्रोत सामग्री

काठमाडौं – निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य