नेपालमा लक्ष्यविपरीत बढ्दै आत्महत्या दर | Khabarhub Khabarhub

नेपालमा लक्ष्यविपरीत बढ्दै आत्महत्या दर


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दिगो विकास लक्ष्य (एसडीजी) लक्ष्य विपरीत नेपालमा आत्महत्याको दर बढ्दै गएको छ । आत्महत्या दर ४.७ प्रतिशतमा झार्ने दिगो विकास लक्ष्य छ ।

विश्व आत्महत्या रोकथाम दिवसको पूर्वसन्ध्यामा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आर्थिक वर्ष  ०८०/८१ मा भएको आत्महत्या घटनाको तथ्याङ्क सार्वजनिक गरेको हो । महाशाखाका अनुसार गत आर्थिक वर्षभित्र नेपालमा ७ हजार २२३ जनाले आत्महत्या गरेका छन् ।

महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले नेपालमा सरदर दिनमा २० जनाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको बताए । एसडीजीको लक्ष्य ४.७ मा झार्ने भए पनि आत्महत्याको दर झनै बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे ।

नेपालमा ६.५ प्रतिशत वयस्क र ३.९ प्रतिशत किशोरकिशोरीले आत्महत्या गर्ने सोच राख्ने गरेको र १५ देखि ४५ वर्षका प्रजजन उमेर समूहका महिलाहरूको मृत्युको पहिलो कारण आत्महत्या रहेको उनले जानकारी दिए ।

उनका अनुसार आत्महत्यामा जैविक मामिला, मानसिक रोग, शारीरिक, मनोसामाजिक र मनोदशा लगायत मुख्य कारण हुन्‌ । त्यस्तै सामाजिक, सांस्कृतिक र आर्थिक कारणले पनि आत्महत्या हुने गरेको उनको भनाइ छ ।

विश्वमा आत्महत्या मृत्युको १५ औं कारण हुने गरेको छ । विश्वमा वर्षेनी ७ लाख मानिसहरूको जीवन आत्महत्याबाट अन्त्य हुने गरेको छ । विश्वमा हरेक ४० सेकेण्डमा एक मानिसले आत्महत्या गर्छन्‌ भने ७७ प्रतिशत आत्महत्याका घटनाहरू अति कम र मध्यम आर्थिक अवस्था भएका देशमा हुने गरेको छ । त्यसमध्ये पनि दक्षिणपूर्वी एशियाले मात्रै कुल आत्महत्याको ३९ प्रतिशत हिस्सा ओगटेको छ ।

यस वर्ष ‘आत्महत्या दिवसबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने नारासहित विश्व आत्महत्या रोकथाम दिवस मनाइँदैछ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ६ : २९ बजे

संसद्को गतिरोध अन्त्यका लागि सहमति जुटाउन सभामुख र रास्वपाबीच छलफल

 काठमाडौं– प्रतिनिधिसभा बैठकमा जारी गतिरोध अन्त्यका लागि सहमति जुटाउन सभामुख

सभामुख घिमिरे र गृहमन्त्रीबीच दुई बुँदे सहमति कार्यान्वयनबारे छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र भिजिट भिसा प्रकरणमा मुछिएका

गाजा क्षेत्रमा खानेकुरा पाउन व्यग्र भएर बसेका ४५ जना भोका प्यालेस्टाइनी इजरायली आक्रमणमा मारिए

काठमाडौं– इजरायली आक्रमणमा परी गाजा क्षेत्रमा खानेकुरा प्राप्त गर्न व्यग्र

सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ : मन्त्री शाही

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले गत जेठमा काठमाडौँमा

दुई हजार एक सय किलो गाँजासहित तीन पक्राउ

धरान– यहाँको इटहरी उपमहानगरपालिका–२० तरहरा स्थित धरान–तरहरा सडकबाट प्रहरीले दुई