संविधान सभाध्यक्ष नेम्वाङको स्मृतिमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता | Khabarhub Khabarhub

संविधान सभाध्यक्ष नेम्वाङको स्मृतिमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कास्की – संविधानसभा अध्यक्ष स्व सुवासचन्द्र नेम्वाङको स्मृतिमा पोखरामा गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिताको तयारी गरिएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को आयोजनामा आगामी भदौ २७ देखि ३१ गतेसम्म पृथ्वीनारायण क्याम्पसको भलिबल कोर्टमा प्रथम प्रदेशस्तरीय पुरुष खुला भलिबल प्रतियोगिता हुन लागेको हो ।

स्व नेम्वाङको प्रथम वार्षिकी पारेर प्रतियोगिता गर्न लागिएको अनेरास्ववियु गण्डकी प्रदेशका अध्यक्ष प्रवीन श्रेष्ठले जानकारी दिए। संविधानसभा अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन उपाध्यक्ष नेम्वाङको गत वर्ष हृदयाघातबाट निधन भएको थियो ।

अध्यक्ष श्रेष्ठकानुसार प्रतियोगितामा सहभागी हुने टोली अनेरास्ववियुकै हुनुपर्नेछ । टोलीमा गण्डकी प्रदेशका राष्ट्रिय खेलाडी समावेश गर्न पाइने उनले बताए ।

प्रतियोगिताको विजेता टोलीलाई रु एक लाख ११ हजार एक सय ११ र उपविजेतालाई रु ७१ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने अनेरास्ववियु गण्डकीका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक विक्रम क्षेत्रीले जानकारी दिए ।

उनले टोलीमा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्नेबाहेक अन्य क्षेत्रका राष्ट्रिय खेलाडी समावेश गर्न नपाइने जानकारी दिए। “अनेरास्ववियुका जिल्ला, पालिका, क्याम्पस कमिटीले गण्डकी प्रदेशकै राष्ट्रिय खेलाडी राखेर टोली बनाउन सक्नेछन् । राष्ट्रिय खेलाडी भए पनि गण्डकी प्रदेशकै हुनुपर्छ । बाहिरको खेलाडी टोलीमा मिसाएर खेलाउन पाइँदैन”, क्षेत्रीले भने ।

प्रतियोगितामा भाग लिन रु सात हजार पाँच सय दर्ता शुल्क तोकिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ७ : ४५ बजे

अनन्तको आक्रोश : एन्फाका कारण नेपाली फुटबल ध्वस्त भयो, क्लबहरूले आफैं लिग गराउनुपर्छ

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङले अखिल

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको

आर्थिक उपार्जनका लागि फूल व्यवसाय

सिरहा– विदेशी भूमिमा कामको खोजीमा समय बिताएका लहान नगरपालिका– ३

मधेसको मुख्यमन्त्रीमा लोसपाका जितेन्द्र सोनलले गरे दाबी

जनकपुरधाम–  मधेस प्रदेशको मुख्यमन्त्रीमा लोसपाका उपाध्यक्ष जितेन्द्र सोनल दाबी पेस

पूर्वतयारीले डेङ्गु सङ्क्रमण न्यून

गण्डकी– यस वर्ष कास्कीको पोखरा महानगरपालिकामा डेङ्गु सङ्क्रमणदर न्यून देखिएको