रविको वयान आज, के आउला अदालतको आदेश ? « Khabarhub

रविको वयान आज, के आउला अदालतको आदेश ?


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– ‘आत्महत्या दुरुत्साहन’ मुद्दाका अभियुक्त रवि लामिछाने र युवराज कँडेलको वयान सोमबार(आज) हुने भएको छ ।

तीन जनामध्ये एक जना अस्मिता कार्कीको बयान आइतवार सकिए पनि रवि र युवराजको वयान भने समय अभाव भन्दै अदालतले आजको लागि सारेको थियो ।

आज वयान सकिएसँगै थुनछेक बहस शुरु हुनेछ । वयान नसकिएपछि हिजो उनीहरु तीनै जनालाई जिल्ला प्रहरी कार्यालय चितवनको न्यायीक हिरासतमा राखिएको थियो ।

आइतवार प्रहरीले पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको भन्दै दुरुत्साहन मुद्दा चलाउन राय सहितको प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो । प्रहरी प्रतिवेदनको अध्यनपछि सरकारी वकिलले जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको थियो ।

मुद्दा दर्ता भएपछि अदालते वयान लिन सुरु गरेको थियो । तर हिजो समय अभावका कारण अस्मिताको मात्र वयान सकिएका कारण रवि र युवराजको वयान आजका लागि सरेको थियो ।

वयानपछि थुनछेक वहस हुनेछ । जसमा साधारण तारेखमा छोड्ने, धरौटीमा छोड्ने वा थुनामै राखेर मुद्दाको पूपक्र्ष गर्ने फैसला अदालतले गर्ने छ ।

रविका समर्थक आन्दोलित

वयान नसकिएपछि पुन हिरासतमा पठाएपछि रविका समर्थक थप आन्दोलित बनेका छन् ।

आइतवार साँझ रविका समर्थकले प्रहरीमाथिसमेत आक्रमण गरेका थिए । उनीहको आर्कमणबाट ७ जना प्रहरी घाइते भएका थिए । प्रदर्शनकारीले सडकमा टायर बालेर एक गाडीमाथिसमेत तोडफोड गरेपछि प्रहरीले केही राउण्ड हवाइ फायर गरेको थिया ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ६ : ४९ बजे

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित

बाँके– बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट नयाँ नेतृत्व चयन

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने

भैँसी चराउन गएका ६० वर्षीय ब्रह्मदेवको खोलामा डुबेर मृत्यु

वीरगञ्ज– खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका–२

गरिमालाई न्याय माग्दै माइतीघरमा आज पनि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीय बालिका गरिमा