असुरक्षित भवनबाट सेवा दिँदै इलाका प्रशासन कार्यालय « Khabarhub

असुरक्षित भवनबाट सेवा दिँदै इलाका प्रशासन कार्यालय


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भैरहवा – तत्कालीन मर्चवारको १८ गाविसलाई सेवा दिने उद्देश्यले २०४६ सालमा स्थापना गरिएको थियो, इलाका प्रशासन कार्यालय मझगावा । 

अहिले पनि उक्त कार्यालयले रूपन्देहीको दक्षिणी क्षेत्र कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रदान गरिरहेको छ । तीन वटा पालिकालाई सेवा प्रदान गर्ने इलाका प्रशासन कार्यालयको भवन भने जीर्ण बनेको छ ।

सिँचाइ कार्यालयको भवनबाट सेवा दिइरहेको यो भवनमा चार कोठा रहेको छ । राष्ट्रिय परिचयपत्रको लागि फोटो खिच्ने कोठामै स्टोर रुम बनेको छ । एका तिर विभिन्न कवाड रहेको छ भने सोही कोठाको अर्को तिर राष्ट्रिय परिचय बनाउनेको चाप हुन्छ । नागरिकता बनाउने कोठामा बिजुलीको तारमा पङ्खा झुन्डिरहेको छ । सुस्त गतिमा चलिरहेको पङ्खा गति बढाए कर्मचारीमाथि खस्ने जोखिम छ ।

अझ कार्यालय प्रमुखको कोठामा सेवाग्राही घाइते बनाउने गरी छतबाट इँट्टाका टुक्रा झर्ने गरेको छ । इँट्टाको छत रहेकाले पटक पटक इँट्टा खस्ने गरेको कार्यालय प्रमुख शोभा पाण्डे बताउँछिन् । 

‘गृहमन्त्रीदेखि यहाँका तीन वटै पालिकालाई मर्मतको लागि अनुरोध गरेँ, कतैबाट सहयोग भएन’, पाण्डेले भनिन्, ‘अहिले जोखिममै बसेर डराउँदै काम गरिरहेका छौँ ।’

इलाका प्रशासन कार्यालय मझगावामा सेवाग्राहीको चाप पनि उस्तै छ । नागरिकता र नागरिकताको प्रतिलिपि मात्र गरी दैनिक ६० वटाभन्दा बढी बन्ने गरेको छ । कार्यालय भवन साँघुरो मात्र छैन, यहाँ सेवाग्राहीका लागि प्रतीक्षालयसमेत छैन । सेवाग्राहीहरू घाममै बसिरहेका हुन्छन् । न मात्र शौचालय छ जसलाई सेवाग्राही र कर्मचारीले प्रयोग गर्छन् ।

यस्तो अवस्थामा आफूले चाहेको जस्तो सेवा दिन नसकेको कार्यालय प्रमुख शोभा पाण्डेले बताए। कार्यालयमा एक जना सुब्बा र एक जना अधिकृत तथा एक जना कम्प्युटर अपरेटर छन् । 

मर्चवारको तीनवटै पालिकालाई जीर्ण भवन मर्मत एवं प्रतीक्षालय निर्माणका लागि आग्रह गरिए पनि कसैले नसुनेको पाण्डेले बताए।

‘नयाँ बजेट बन्ने समयमै हामीले सबै पालिकालाई इलाका प्रशासन कार्यालयको लागि भन्दै बजेट छुट्टयाउँन आग्रह गरेका थियौँ’, उनले भने, ‘तर अहिले बुझ्दा कुनै पनि पालिकामा बजेट विनियोजन भएको हामीले थाहा पाएनौँ ।’

कार्यालयमै भेटिएका सेवाग्राही विशेश्वरप्रसाद हरिजनले भवन जीर्ण रहेकाले कार्यालय आउँदा असुरक्षित महसुस गरेको बताए। उनले भवन जीर्ण भइसकेको कारण यसलाई मर्मत गर्नुको सट्टा नयाँ कार्यालय भवन बनाउनुपर्ने बताए ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ६ : १५ बजे

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०