खोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु « Khabarhub

खोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–६ र ७ को सिमाना पर्ने रमा खोलाले आइतबार राति रा६प २९६१ नम्बरको मोटरसाइकल बगाउँदा उनीहरूको मृत्यु भएको हो । 

साँख गाउँबाट कानेवाङ आउने क्रममा मोटरसाइकल बगाउँदा मुसिकोट–४ का ५० वर्षीय सर्जन पुन र मुसिकोट–६ का ३२ वर्षीया निर्मला केसी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम  पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए। 

घटनाबारे प्रहरीले आज बिहान मात्र जानकारी पाएको हो । महिलाको शव खोलाभन्दा तीन सय मिटर तल तथा पुरुषको शव २० मिटर तल मोटरसाइकलले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  १२ : १५ बजे

अनशनरत स्वास्थ्यकर्मी र सरकारबीच पाँच बुँदे सहमति 

काठमाडौं– स्वास्थ्यकर्मीको आमरण अनशन सरकारसँगको पाँच बुँदे सहमतिपछि आइतबार साँझ

झापा पुगेका ओली बालेनबारे मौन, चुनावी सुरक्षाबारे उठाए प्रश्न

काठमाडौं- फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार हुने उम्मेदवारी

बागमती प्रदेश : छ महिनामा १७ अर्ब ४३ करोड राजस्व संकलन

बागमती– चालु आर्थिक वर्ष २०८२-८३ को ६ महिनामा बागमती प्रदेश

ओली झापामा उत्रिँदा चुच्चे नक्सासहित कार्यकर्ताहरूले गरे स्वागत

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार काठमाडौंबाट झापा

वैवाहिक हल्लाबारे अन्ततः गोविन्दाले तोडे मौन

काठमाडौँ – बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहूजाको