फिल्म निर्माणमा सलोन, असोज ११ बाट छायांकन थालिने « Khabarhub

फिल्म निर्माणमा सलोन, असोज ११ बाट छायांकन थालिने


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘रंगी’ निर्माण हुने भएको छ । निर्माण पक्षले सोमबार टाइटल पोस्टर सार्वजनिक गर्दै यसबारेमा जानकारी दिएको हो ।

सार्वजनिक पोस्टरमा साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ । पृष्ठभूमिमा अस्ताउन लागेको घाम देख्न सकिन्छ ।

सलोन-सलिना फिल्मस् प्रालिको ब्यानरमा यो फिल्मको प्रस्तुतकर्ता सनाले बस्नेत हुन् । पछिल्लो एक दशकदेखि अभिनयमा सक्रिय सलोनले सक्षम सुवेदीसँग मिलेर फिल्म निर्माण गर्न लागेका हुन् ।

यसै फिल्मबाट सुरेश न्यौपानेले निर्देशनमा डेब्यू गर्ने भएका छन् । उनीसँग ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा सहायक निर्देशन गरेको अनुभव छ ।

सलोनका अनुसार असोज ११ बाट छायाङ्कनमा निस्कने तयारीसाथ कलाकार चयन भइरहेको छ । उनले खबरहबलाई भने, ‘केही नयाँ प्रतिभालाई स्थान दिने सोचमा छौं । बालकलाकार खोजिरहेका छौं ।’

सोसल ड्रामा जनरामा बन्ने यस फिल्मले बाबु-छोरीको कथा प्रस्तुत गर्ने सलोनको भनाइ छ । यसको कथा सुमन गजमेरले लेखेका हुन् ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ३ : ०० बजे

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र

सरकारले सुराकी गरेको भन्ने अमरेशको दाबीमा सस्मित : उहाँले कुन स्रोतबाट थाहा पाउनुभयो ?

काठमाडौं- नेपाल सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र

दुई सह-सचिवको बढुवा, कर्ण गण्डकी र कर्माचार्य ऊर्जा मन्त्रालयमा

काठमाडौं– सरकारले प्रशासन र प्राविधिक सेवातर्फका दुई सह-सचिवलाई सचिवमा बढुवा

हिमाली युवा कार्यदलको अन्तर्राष्ट्रिय संयोजक तथा सम्पर्क व्यक्तिमा सोनिका नियुक्त

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय प्रणालीभित्र बालबालिका तथा युवाहरूको आधिकारिक वैधानिक संस्था मेजर

मलेसियाबाट म्यान्माली नागरिक स्वदेश फर्काइँदै, अधिकार समूहको विरोध

क्वालालम्पुर– मलेसियाले करिब १ हजार ५०० म्यान्माली नागरिकलाई स्वदेश फर्काउने