पूर्वउपसभामुख यादव अष्ट्रेलियाका लागि राजदूत बन्दै « Khabarhub

पूर्वउपसभामुख यादव अष्ट्रेलियाका लागि राजदूत बन्दै


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अष्ट्रेलियाको लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम सिफारिस गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार बालुवाटारमा भएको भेटका क्रममा देउवाले यादवको नाम सिफारिस गरेका हुन् ।

देउवानिकट नेतृ यादव यसअघि शिक्षामन्त्री भइसकेकी छन् । उनी पार्टीको कोषाध्यक्षको भूमिकामा थिइन् ।

२०७९ को निर्वाचनमा भने उनी जसपा, नेपालका राजकिशोर यादवसँग पराजित भएकी थिइन् ।

सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले पूर्वउपसभामुखसमेत रहेकी यादवको नाम राजदूतमा सिफारिशसगर्ने बताइएको छ ।

यसअघि अष्ट्रेलियाको लागि राजदूतमा कांग्रेसबाट कान्ता रिजालको नाम सिफारिस भएको थियो ।

तर, उनीमाथि यसअघि इजरायलको राजदूत हुँदा लगिएका सहयोगी फिर्ता नगरेको आरोप लागेपछि नाम हटाइएको थियो।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ३ : ४४ बजे

भोटेकोशी बाढी : हालसम्म ७३ जनाको शव भेटियो

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण

छिमेकीसँगको कूटनीतिक संवादलाई तीव्रता दिँदै इरान

तेहरान– इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले छिमेकी मुलुकसँगको ‘दृढ’ कूटनीतिले

कांग्रेस महाधिवेशन रोक्ने देउवाको प्रयास असफल, सर्वोच्चले दिएन मागअनुसारको आदेश

काठमाडौं– सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष अधिवेशनबाट निर्वाचित गगनकुमार थापा

युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ

बैङ्कक- मध्यपूर्वमा लामो सैन्य तैनाती पूरा गरेको अमेरिकी विमानवाहक युद्धपोत

रसुवाको बाढीमा नेपालीसहित ४०३ जना बेपत्ता, ३४१ विदेशी पर्यटक परे

काठमाडौं– रसुवामा आएको आकस्मिक बाढीमा परी हालसम्म ४०३ जना नेपाली