ललितपुरमा विद्यार्थी बोकेको माइक्रोमाथि बजारियो पोल « Khabarhub

ललितपुरमा विद्यार्थी बोकेको माइक्रोमाथि बजारियो पोल


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुरको जावलाखेलस्थित नेपाल टेलिकम पछाडिको बाटोमा गुडिरहेको माइक्रोबसमाथि बिजुलीको पोल ढलेर बजारिएको छ ।

सोमबार अपरान्ह सवा ४ बजे सानेपास्थित फिनिक्स स्कुलका विद्यार्थी बोकेको बा २ ख २८५० नम्बरको गुडिरहेको माइक्रो बसलाई बिजुलीको पोल ढलेर किचेको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार पोल ढलेर माइक्रवमा केही क्षति भएको छ । तर विद्यार्थीहरू सबै सुरक्षित छन्। प्रहरीका अनुसार माइक्रोमा १८ जना विद्यार्थी  थिए।

बिजुलीको पोलले माइक्रो क्षतिग्रस्त भएपछि विद्यार्थीहरूलाई अर्को गाडी बोलाएर घर घर पुर्‍याइएको छ। ढलेको पोल सडकबाट हटाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ७ : ३३ बजे

पूर्वी अस्ट्रेलियामा गोली हानाहान तीन जनाको मृत्यु

सिड्नी- अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्सस्थित सिड्नीको पश्चिममा बिहीबार

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङ– मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध कसैको उजुरी नपरेको

ग्रिनल्यान्डको सार्वभौमसत्ताबारे वार्ता हुँदैन : डेनमार्क

कोपनहेगन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी अडान परिवर्तन गरेपछि पनि

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि