पार्टीमा प्रचण्डको ब्रिफिङ- सरकारमा नगई नहुने बाध्यात्मक परिस्थिति बन्न सक्छ « Khabarhub

पार्टीमा प्रचण्डको ब्रिफिङ- सरकारमा नगई नहुने बाध्यात्मक परिस्थिति बन्न सक्छ


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी निर्माणका लागि जनतामा जानुको विकल्प नरहेको बताएका छन् ।

सोमबार कोशी प्रदेश परामर्श बैठकलाई उदयपुरको बेलकामा सम्बोधन गर्दै उनले बाध्यताबाहेक सरकारमा जाने कुरामा चासो नरहेको बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले माओवादीले अहिले सरकारमा जानेबारे चासो नदेखाएको बताए । तर जानै पर्ने अवस्था सिर्जना हुन सक्ने उनको दाबी थियो ।

प्रचण्डले पार्टी निर्माण र समाजवादी राज्य व्यवस्थाको आधार निर्माणमा ध्यान दिन पनि नेता-कार्यकर्तालाई आग्रह गरे ।

‘सरकारमा चासो देखाएर हामी नजाने, पार्टी बनाउन जनतामा जानुपर्छ । देश र जनताको हितका लागि माओवादी सरकारमा नगई नहुने परिस्थिति आउनसक्छ’, उनले बैठकमा भने, ‘यो सरकार स्वार्थपूर्तिका लागि बनेको हो, जग बलियो छैन । एकअर्काको स्वार्थ पूरा भएपछि हामी गएर सरकार बनाउनुपर्ने बाध्यात्मक परिस्थिति पनि बन्न सक्छ ।’

कोशी प्रदेश परामर्श समितिको बैठकमा ७० जनाले मौखिक र तीन जनाले लिखित धारणा राखे । बैठकलाई अध्यक्ष प्रचण्डसहित ९ जनाले सम्बोधन गरे ।

पार्टी सुदृढीकरणका लागि केन्द्रबाट ठोस कार्यक्रम बनाएर संगठन विस्तार र जनपरिचालनमा तत्काल लाग्नुपर्ने प्रदेशस्तरीय नेताहरुले सुझाव दिएका थिए ।

सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोमा समाजवादमा जाने गरी पार्टीले अघि सारेको कार्यदिशालाई अझै विस्तृतीकरण गर्दै स्पष्ट कार्यक्रमको ढाँचा अघि सार्नुपर्ने पनि नेताहरूको सुझाव थियो ।

पार्टी केन्द्रीय समितिको बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ ।

माओवादी केन्द्रले अहिलेसम्म कोशी प्रदेशसहित बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ । अब मधेश प्रदेश, केन्द्रीय सल्लाकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठक बाँकी छ ।

प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय समिति बैठक बस्नेछ । केन्द्रीय कमिटीले ठोस निर्णय गरेर संगठन सुदृढीकरण तथा जनपरिचालनका कार्यक्रम तय गर्ने माओवादी केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ७ : ४० बजे

अर्जेन्टिनीहरूका प्रिय ‘ब्याड ब्वाइ’

काठमाडौं – ‘आधुनिक फुटबलका राजा’ अर्जेन्टिनी स्टार लियोनल मेसीले विश्वकप

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम– दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार

आज २०८३ साल साउन २ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल साउन २ गते शनिबार सन् २०२६ जुलाई

विश्वकपमा अर्जेन्टिनाको राजनीतिक सन्देश, ‘माल्भिनास’ ब्यानरले किन मच्चायो विश्वभर बहस?

 काठमाडाैँ- विश्वकपको मैदानमा कहिलेकाहीँ एउटा गोलभन्दा पनि एउटा सन्देशले ठूलो