अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सदस्य बन्यो नेपाल « Khabarhub

अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सदस्य बन्यो नेपाल


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल अन्तराष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को १०१ औं सदस्य राष्ट्र बनेको छ । सोमबार दिल्लीमा आयोजित एक कार्यक्रममा नेपाललाई सदस्यता हस्तान्तरण गरिएको हो ।

यसअघि नेपालले गत जेठमा आईएसएको स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन गरेको थियो ।

ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तनको असर कम गर्न भारत र फ्रान्सको संयुक्त प्रयासका रुपमा आईएसए स्थापना भएको बताइएको छ ।

सन् २०१५ मा भारत र फ्रान्सले स्थापना गरेको हो । यो गठबन्धन सौर्य स्रोतमा धनी देशहरुको गठबन्धन हो । १४ धारामा समेटिएको यस सम्झौताको संग्रहकर्ता भारत हो ।

सम्झौताका पक्ष राष्ट्रले आईएसएमार्फत आफ्ना आवश्यकता अनुरुप सौर्य ऊर्जा उत्पादन सम्बन्धी कार्यक्रमहरुमा सहकार्य गर्ने छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ८ : ११ बजे

हर्मुज विवादले मध्यपूर्वमा सुरक्षा चुनौती गहिरियो

एजेन्सी– विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग स्ट्रेट अफ हर्मुजको

चोरी भएका ५१ सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट चोरी

नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु,  परराष्ट्रमन्त्री खनालले गरे शुभारम्भ

काठमाडौं– सरकारको नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु गरेको छ

मिडिया हाउसका गेटमै बेवारिसे कार, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं– काठमाडौंका विभिन्न सञ्चारगृहको कार्यालय प्रवेशद्वारमा बेवारिसे अवस्थामा निजी कार

पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध

ढोरपाटन– राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका–८