ड्रोनबाट उत्पन्न हुने चुनौतीको सामना गर्ने भारत र इजरायलबीच छलफल « Khabarhub

ड्रोनबाट उत्पन्न हुने चुनौतीको सामना गर्ने भारत र इजरायलबीच छलफल


२४ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत र इजरायलबीच मानवरहित हवाई उपकरणड्रोनबाट उत्पन्न हुने चुनौतीको सामना गर्ने विषयमा सम्मेलनको आयोजना गरिएको छ ।

नयाँ दिल्लीमा भएको सुरक्षा सम्मेलनमा इजरायलका तर्फबाट रक्षा मन्त्रालय अन्तर्गतको रक्षा निर्यात निर्देशनालय, दिल्लीस्थित इजरायलको आर्थिक एवम् वाणिज्य नियोग, अर्थ तथा उद्योग मन्त्रालय, इजरायल निर्यात प्रतिष्ठान, दिल्लीस्थित इजरायली दूतावासका प्रतिनिधिको सहभागिता थियो ।

त्यसैगरी, भारतीय पक्षबाट भने सम्मेलनमा भारतीय रक्षा मन्त्रालय र भारतीय रक्षा उत्पादन समाजका प्रतिनिधिको सहभागिता रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । सम्मेलनका क्रममा इजरायलका नौ रक्षा कम्पनीले ड्रोनबाट उत्पन्न हुने चुनौतीविरुद्ध प्रयोग हुने अत्याधुनिक प्रविधि प्रस्तुत गरेका थिए ।

यस सम्मेलनले इजरायली रक्षा उद्योगका अत्याधुनिक प्रविधिमा आधारित उत्पादनबारे प्रत्यक्ष जानकारी प्रदान गर्ने अवसर दिएको एएनआईले जनाएको छ । यस सम्मेलनले इजरायल र भारतबीच सुरक्षा सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ११ : ०२ बजे

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण