सिंगापुरका लगानीकर्ताले भारतमा ५ लाख करोड भारु लगानी गर्ने « Khabarhub

सिंगापुरका लगानीकर्ताले भारतमा ५ लाख करोड भारु लगानी गर्ने


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिंगापुरका लगानीकर्ताहरुले भारतमा ६० अर्ब अमेरिकी डलर बराबरकोलगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हालै प्रधानमन्त्री नरेन्द्र मोदीको सिंगापुर भ्रमणका क्रममा सिंगापुरका लगानीकर्ताले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सिंगापुर भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले त्यहाँका लगानीकर्ता, उद्यमी, व्यवसायी तथा ठूला कम्पनीका प्रमुख कार्यकारीहरुसँग छलफल गरेका थिए ।

मोदीले भारतमालगानीको अवसरलाई हेरेर आफ्नो उपस्थितीलाई थप बलियो बनाउन उनीहरुलाई आग्रह गरेका थिए ।

सो क्रममा उनीहरुले पूर्वाधार, उत्पादन, ऊर्जा, दिगो विकास जस्ता क्षेत्रमा भारतमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । भारतमा लगानी गर्न सिंगापुरका लगानी कर्तालाई थप सहज बनाउन सिंगापुरमा लगानी कार्यालय स्थापना गर्ने घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ११ : १६ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन