गर्भ जचाउनोस्, एक क्रेट अण्डा लैजानोस्! « Khabarhub

गर्भ जचाउनोस्, एक क्रेट अण्डा लैजानोस्!


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कास्की- रुपा गाउँपालिकाले स्वास्थ्य संस्थामा परीक्षणमा आउने गर्भवतीलाई प्रत्येक पटक एक क्रेट कुखुराको अण्डा वितरण कार्यक्रम सुरुआत गरेको छ ।

‘मापदण्डअनुसार गर्भजाँच गरौँ, आमा र नवजात शिशुको स्वास्थ्य संरक्षण गरौँ’ भन्ने अभियानका साथ महिलामा पोषणको कमी हुन नदिन सो कार्यक्रम थालिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए ।

उनले भने, “गर्भवतीले आठपटक स्वास्थ्य परीक्षण गराउनुपर्छ । गाउँपालिकाका स्वास्थ्य संस्थामा परीक्षण गराउन आउने गर्भवतीलाई प्रत्येकपटक परीक्षण गर्न आउँदा एक क्रेट अण्डा दिने कामको सुरु गरेका छौँ । यसबाट मातृ शिशु मृत्युदर घटाउन र पोषणको सुनिश्चितताका लागि सहयोग पुग्नेछ ।”

अध्यक्ष ओझाले महिलामा पोषणको काम पनि नहुने र मापदण्ड अनुसारको नियमित परीक्षण कार्यक्रमसमेत प्रभावकारी हुने भएकाले अण्डा वितरण अभियान नै थालिएको बताए । “स्वास्थ्य संस्थामा जान हिचकिचाउने गरेको अझै देखिन्छ । नियमित स्वास्थ्य संस्थामा गएर गर्भ परीक्षण गराउने बानी बसाल्न अण्डा उपहार कार्यक्रम ल्याएका हौँ, अध्यक्ष ओझाले भने ।

कुखुराको अण्डा नखाने ब्राह्मण समुदायका गर्भवती वा शाकाहारीको हकमा एक क्रेट अन्डाको मूल्य बराबरको रकम दिइने पालिका अध्यक्ष ओझाले बताए ।

एक क्रेटमा ३० वडा अण्डा हुन्छ, जसको मूल्य करिब ५ सय रुपैयाँ पर्छ ।

गाउँपालिकामा एक वर्षमा २३१ जना सुत्केरी हुने गरेको गाउँपालिकाको तथ्याङ्क छ । अण्डा वितरण कार्यक्रमका लागि वर्षमा पाँच लाख रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको छ ।

गाउँपालिकाले यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले बताए।

नौ वडा रहेको रुपा गाउँपालिकामा एक आधारभूत अस्पताल, चारवटा स्वास्थ्यचौकी र चारवटा आधारभूत स्वास्थ्य केन्द्र गरी नौवटा स्वास्थ्य संस्था छन् ।

सबै स्वास्थ्य संस्थामा सामान्य सुत्केरी गराउन सकिने गरी पूर्वाधार रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र ओझाले बताए ।

-रासस

 

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ९ : ३१ बजे

सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन

नवलपरासी– पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यालयले आजदेखि आफ्नै भवनबाट सेवा दिन

सञ्चार मन्त्रालयमा नयाँ कार्यसंस्कृति लागू

काठमाडौं– सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा

चीन–रुस सम्बन्ध बहुमूल्य : राष्ट्रपति सी

बेइजिङ– विश्वव्यापी अस्थिरता र द्वन्द्वले अन्तर्राष्ट्रिय परिदृश्य थप जटिल बनाइरहेका

जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद

भक्तपुर–  बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई बागमती