अस्ट्रेलियाले सामाजिक सञ्जाल प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने  | Khabarhub Khabarhub

अस्ट्रेलियाले सामाजिक सञ्जाल प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने 


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बालबालिकालाई सुरक्षित राख्नका लागि सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउने बताएका छन्  ।

आमाबाबुको बालबालिकाप्रतिको चिन्तालाई समर्थन गर्ने र बच्चालाई सुरक्षित राख्ने उद्देश्यले यस्तो कानुन बनाउन खोजिएको प्रधानमन्त्री अल्बानिजले भने। 

 सामाजिक सञ्जाल एक्सको एक पोस्टमा उनले भने ‘हामी बालबालिकाको सुरक्षालाई मध्यनजर गर्दै सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउने छौं ।’

उनले भने ‘अधिकांश आमाबाबुले मलाई सामाजिक सञ्जाल प्रयोग गर्न आफ्ना बच्चाहरूको उमेर कति हुनुपर्छ भन्ने प्रश्न गर्दछन् । हामी संसदमा सामाजिक सञ्जाल र अन्य डिजिटल प्लेटफर्महरूका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानून पेश गर्नेछौँ ।’

गत वर्ष अगस्ट २१ मा, मिशिगन स्वास्थ्य विश्वविद्यालय आयोजित ‘सी.एस मोट चिल्ड्रेन हस्पिटल्स नेशनल पोल अन चिल्ड्रेन हेल्थ’ मा भाग लिएका आधाभन्दा बढी अभिभावकले आफ्नो बच्चाको मानसिक स्वास्थ्य शीर्ष स्वास्थ्य चिन्ताको विषय रहेको बताएका छन् । 

‘आमाबाबुले अझै पनि शारीरिक स्वास्थ्यलाई प्रत्यक्ष रूपमा असर गर्ने समस्या जस्तै अस्वास्थ्यकर खाना र मोटोपनालाई बच्चाहरूको प्रमुख स्वास्थ्य समस्याहरूका रूपमा हेर्ने गरेका छन् । तर अहिलेको समयमा अधिकतम  सामाजिक सञ्जाल र डिजिटल उपकरणको प्रयोगले निम्त्याएको मानसिक स्वास्थ्यको चिन्ताले यसलाई उछिन्दै गएको छ’, मोट पोलका सह–निर्देशकमोट बालरोग विशेषज्ञ सुसान वुलफोर्डले भने । 

‘बालबालिकाले कम उमेरमै डिजिटल उपकरण र सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन्  र आमाबाबुले सुरक्षा, आत्मसम्मान, सामाजिक सम्बन्ध आदी क्षेत्रमा पर्ने नकारात्मक प्रभावहरू रोक्न कसरी उचित निगरानी गर्ने भनेर सङ्घर्ष गरिरहेका छन्’, बालरोग विशेषज्ञ  वुलफोर्डले भने । 

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  १२ : २६ बजे

देशका प्रमुख राजमार्ग ११ ठाउँमा अवरुद्ध, १३१ स्थानमा एकतर्फी

काठमाडौँ – मनसुनी झरीका कारण चलेको बाढीपहिरो, निर्माण र मर्मतमा

वीरेन्द्रनगरबाट १३ लाख ६१ हजार रुपैयाँ बराबरको धनमाल चोरी

सुर्खेत– वीरेन्द्रनगर नगरपालिका-४ खोर्केखोला लाइन बस्ने ५५ वर्षीय भरत शाहीको घरबाट सुनका

नीति अभावले करोडौँको काठ वनमै कुहिँदै

कञ्चनपुर– वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरिएको पाँच वर्ष बितिसक्दा

डुबेर एक जनाको मृत्यु

बारा– कलैया उपमहानगरपालिका-३ गंगापुर बस्ने राम ईश्वर साहको छोरा ७ वर्षीय

बौद्धमा युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– काठमाडौँको बौद्धमा एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले