सोविताको प्रश्न- खोजी-खोजी विरोधी समात्दै तह लगाउने यो राणा शासन हो ? « Khabarhub

सोविताको प्रश्न- खोजी-खोजी विरोधी समात्दै तह लगाउने यो राणा शासन हो ?


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले केपी शर्मा ओली नेतृत्वको सरकारले आलोचकहरूलाई गरेको धरपकडको विरोध गरेकी छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्ने क्रममा उनले राज्यले परिकल्पना गरेको समाज कस्तो हो ? भन्ने प्रश्न गर्दै सरकारको आलोचना गरेकी हुन् ।

उनले सामाजिक सञ्जालमा विरोध गरेकै भरमा युवाहरूलाई पक्राउ गर्न थालिएको बताउँदै सरकार स्वेच्छाचारी हुने बाटोमा अघि बढेको दाबी गरिन् ।

‘यो राज्यले परिकल्पना गरेको यो समाज कस्तो हो ? राणाशासन भन्दा चर्को स्वेच्छाचारी शासन स्थापित गर्न खोजेको हो ?’, उनले सोधिन्, ‘सार्वजनिक कार्यक्रममा जनताले सरकारका कामप्रति असन्तुष्टि जनाएको भिडिओ भाइरल भएपछि दोलखाका मानबहादुर कार्कीले यस्तो भएछ भनेर सेयर गरेकै भरमा पक्राउ गरेर मुद्दा चलाउनु कत्तिको लोकतान्त्रिक हो ?’

गौतमले राजनीतिक बिषयमा असन्तुष्टि राखेर जिन्दावाद-मुर्दावाद भनेकै भरमा मुद्दा चल्छ भने यो सरकारले जनतालाई भुसुना बराबरको पनि सम्झेको रहेनछ भन्ने कुराको प्रमाणका रुपमा दोलखा प्रकरणलाई चित्रण गरिन् ।

‘शासन ब्यवस्था लोकतान्त्रिक भएन भनेर जनताले सडक आन्दोलन गरेर सत्ता प्राप्त गरेपछि तिनै जनतालाई समात्छु, कठघरामा लान्छु भन्नु कत्तिको लोकतान्त्रिक हो ?’, उनले भनिन्, ‘आज उपसभामुखको विषय पनि आइरहेको छ । सत्तापक्षले हटाउने तयारी ररिरहेको कुरा आएको छ । संख्याको दम्भले लोकतन्त्रको घाँटी निचोर्ने प्रयास सरकारले गरिरहेको छ । हामी खबरदारी गर्न चाहन्छौँ ।’

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ५ : १९ बजे

हेटौँडाको मुख्य सडक विस्तार : भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी

बागमती– हेटौँडा बजारको मुख्य सडक विस्तारका लागि सडक डिभिजन कार्यालयले

सरकारले नै देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गर्‍यो : महेश बस्नेत

काठमाडौं– नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सरकारले नै देशलाई

भारतीय एक नाइटक्लबमा आगलागी, चार नेपालीसहित २५ जनाको मृत्यु

एजेन्सी– भारतको गोवा स्थित पर्यटकीय रिसोर्ट क्षेत्रमा रहेको भारतीय नाइटक्लबमा

अरु पार्टीलाई ज्ञवालीको चुनौती- राम्रो र सक्षम बन्नेभए गाली होइन, कामले प्रतिस्पर्धा गर्नुस्

काठमाडौं– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक राजनीतिक बहसमा उठाइएका

टेम्केमैयुङका कृषि उत्पादनको काठमाडौँमा प्रदर्शनी

भोजपुर– टेम्केमैयुङ गाउँपालिकाले आफ्ना स्थानीय उत्पादनलाई देश–विदेशमा चिनाउने उद्देश्यसहित राजधानी