उपसभामुखबारे कांग्रेस-एमालेलाई मनिषले सोधे- १९ महिनाअघि नझुकेको शिर अहिले कसरी झुक्यो ? « Khabarhub

उपसभामुखबारे कांग्रेस-एमालेलाई मनिषले सोधे- १९ महिनाअघि नझुकेको शिर अहिले कसरी झुक्यो ?


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले १९ महिना अघि सभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्रलाई अहिले ‘बार्गेनिङ प्वाइन्टस’को रुपमा उपयोग गरिएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बुधबार बसिरहेको बैठकमा उनले उपसभामुख रानामगरलाई सत्ता पक्षले पदबाट हटाउन तयारी गरिरहेका बेला यस्तो आरोप लगाएका हुन् ।

‘लगभग १९ महिला पहिले हाम्रो उपसभामुज्यूले एउटा पत्र लेख्नुभयो । उहाँलाई पूर्ण ज्ञान नभएर हस्ताक्षर गर्नुभयो । जसबारे उहाँले मबाट गल्ती भयो भनेर विज्ञप्ति पनि निकालिसक्नुभयो,’ झाले भने, ‘१९ महिनापछि त्यो एउटा राजनीतिक रुपमा चर्चाको विषय हुँदैछ । ‘बार्गेनिङ प्वाइन्टस’का रुपमा त्यो ‘लेटर’ प्रयोग गरिदैँछ ।’

सांसद झाले नेपाली कांग्रेसको बुधबार बिहान बसेको पदाधिकारी बैठकले रानामगरबारे निकालेको निष्कर्षबारे पनि आपत्ति जनाए ।

‘आज भर्खरै कांग्रेसको केही अभिव्यक्ति आयो, नेपालको शिर झुकाउने काम भयो भनेर,’ उनले भने, ‘नेपालको शिर त्यो बेला किन झुकेन ? जुनबेला जीवित नेपाली नै विदेशी शरणार्थी भनेर पठाइयो । त्यो बेलामा शिर झुकेन ? नेपालको शिर त्यो बेला किन झुकेन जब एउटा मन्त्रीले सरकारी जग्गा हडपिएर तिनुपर्ने ट्याक्स तिर्न आनाकानी गरिरहेको छ ।’

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  १ : ३२ बजे

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा पर्यटन बोर्डमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान

रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता

मस्को-  रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११

भोटेकोशी बाढी पीडितका लागि राहत र पुन:र्निर्माण प्रभावकारी बनाउन सरकारसँग ओलीको माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी

साढे ३ सय क्षतविक्षत शव पहिचानमा खटिइन् निडर प्रकृति (तस्बिरहरू)

काठमाडौं– चितवनको टन्टलापुर गर्मी । बाढीमा परेकाको शव गन्हाउन थालेका