उपसभामुखबारे कांग्रेस-एमालेलाई मनिषले सोधे- १९ महिनाअघि नझुकेको शिर अहिले कसरी झुक्यो ? « Khabarhub

उपसभामुखबारे कांग्रेस-एमालेलाई मनिषले सोधे- १९ महिनाअघि नझुकेको शिर अहिले कसरी झुक्यो ?


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले १९ महिना अघि सभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्रलाई अहिले ‘बार्गेनिङ प्वाइन्टस’को रुपमा उपयोग गरिएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बुधबार बसिरहेको बैठकमा उनले उपसभामुख रानामगरलाई सत्ता पक्षले पदबाट हटाउन तयारी गरिरहेका बेला यस्तो आरोप लगाएका हुन् ।

‘लगभग १९ महिला पहिले हाम्रो उपसभामुज्यूले एउटा पत्र लेख्नुभयो । उहाँलाई पूर्ण ज्ञान नभएर हस्ताक्षर गर्नुभयो । जसबारे उहाँले मबाट गल्ती भयो भनेर विज्ञप्ति पनि निकालिसक्नुभयो,’ झाले भने, ‘१९ महिनापछि त्यो एउटा राजनीतिक रुपमा चर्चाको विषय हुँदैछ । ‘बार्गेनिङ प्वाइन्टस’का रुपमा त्यो ‘लेटर’ प्रयोग गरिदैँछ ।’

सांसद झाले नेपाली कांग्रेसको बुधबार बिहान बसेको पदाधिकारी बैठकले रानामगरबारे निकालेको निष्कर्षबारे पनि आपत्ति जनाए ।

‘आज भर्खरै कांग्रेसको केही अभिव्यक्ति आयो, नेपालको शिर झुकाउने काम भयो भनेर,’ उनले भने, ‘नेपालको शिर त्यो बेला किन झुकेन ? जुनबेला जीवित नेपाली नै विदेशी शरणार्थी भनेर पठाइयो । त्यो बेलामा शिर झुकेन ? नेपालको शिर त्यो बेला किन झुकेन जब एउटा मन्त्रीले सरकारी जग्गा हडपिएर तिनुपर्ने ट्याक्स तिर्न आनाकानी गरिरहेको छ ।’

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  १ : ३२ बजे

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।