मनपरी गर्न संसद्‍ माओवादीको केन्द्रीय कार्यालय होइन : महेश बर्तौला « Khabarhub

मनपरी गर्न संसद्‍ माओवादीको केन्द्रीय कार्यालय होइन : महेश बर्तौला


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षीले दलले संसदीय प्रणालीलाई अमर्यादित र कमजोर बनाउने काम गरेको बताएका छन् ।

बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले सदनमा सभामुखले नियम र ऐन बमोजिम गरेका निर्णयलाई अस्वीकार गर्ने प्रतिपक्षीको कदमले संसदीय प्रणालीलाई अमर्यादित र कमजोर बनाएको बताए ।

संसद् माओवादी केन्द्रको केन्द्रीय कार्यालय नभएको बताउँदै उनले छाडा गतिविधि गर्ने छुट कसैलाई नरहेको जिकिर गरे ।

बर्तौलाले समाभुखको रुलिङ सबैले मान्नुपर्ने कानूनी मान्यता रहेको जिकिर गरे । माओवादीले पटक पटक संसदीय काममा असहयोग गर्दै आएको उनले बताए ।

बर्तौलाले सशस्त्र संघर्षका समयमा माओवादी आन्दोलनभित्र हत्या, हिंसा भएको तर्क फेरि दोहोर्‍याए। हिंसा शब्दलाई लिएर माओवादीले सत्तापक्षलाई उतेजित पार्न खाजेको पनि उनले दाबी गरे।

 

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ४ : ३१ बजे

त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको उद्धार

काठमाडौं- रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक विदेशी नागरिकको उद्धार

मानव-बाघ सहअस्तित्वका लागि बाघ-मित्र अभियान प्रभावकारी

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा मानव-बाघ सहअस्तित्व प्रवर्द्धनका लागि सञ्चालन गरिएको

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै