झापा विद्रोह उग्र वामपन्थको परिणाम भनेर स्वीकारिसकेका छौँ : रुघु पन्त « Khabarhub

झापा विद्रोह उग्र वामपन्थको परिणाम भनेर स्वीकारिसकेका छौँ : रुघु पन्त


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का सांसद रघुजी पन्तले ‘हिंसा’ शब्द असंसदीय नभएको जिकिर गरेका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्ने क्रममा उनले आफूले नै धेरैपटक यो शब्द संसद्‍मै बोलेको भन्दै हिंसा शब्द असंसदीय नभएको बताएका हुन् ।

‘यो संसद राजनीतिक बहसको थलो पनि हो । जुनबेला माओवादी पार्टी भन्ने नामै थिएन, ०४७ सालको संविधानपछि हामी यो संसदमा आउँदा आलोचना र प्रतिआलोचना अनि कडा बहस र छलफल हुँदा त्यसबेला एक दुई साथीहरुले हामीलाई तपाईंहरूले व्यक्ति हत्या गरेर आउनुभयो, झापामा तपाईंहरुले टाउको काटेको होइन भनेर आरोप लगाउनुभयो, त्यसलाई हामीले आपत्ति गरेनौं’, उनले भने, ‘हामीले जवाफमा के भन्यौं भने तपाईंहरूले पनि कुनै बेला राजालाई बम हान्नुभयो, तपाईंहरूले पनि सश्त्र उठाउनुभयो भन्यौँ ।’

उनले संविधानमा सशस्त्र संघर्षको कुरा लेखिएको बताउँदै उनले भएको कुरालाई हिंसाभन्दा कसैले टाउको दुखाउन नहुने उल्लेख गरे । पन्तले आफूहरूले झापा विद्रोहलाई उग्र वामपन्थको परिणाम भनेर गल्ती स्वीकारेको पनि बताए ।

‘झापामा हामीले व्यक्ति हत्या भयो, त्यो उग्रवामपन्थको परिणाम थियो भनेर स्वीकारेका छौँ’, पन्तले भने, ‘संसद्‍मा बोलेका नेताहरूका कुरामा कयौँ पटक हिंसा शब्द प्रयोग भएको छ । कुनै माननीयले कसैलाई तोकेर हिंसात्मक भन्यो भन्न पाउँदैन । राजनीतिक आलोचनामा हिंसा गर्नुभयो र व्यक्ति हत्या गर्नु भयो भनेर मैले नै बोलेको छु । हिंसा भन्ने शब्द असंसदीय होइन । सभामुखले रुलिङ गरिसकेपछि पटक पटक छलफल गर्नुको औचित्य छैन ।’

राजनीतिक आलोचनामा माओवादीहरूले जनयुद्ध गर्दा हिंसा गरेको भनेर यही संसद्‍मा कुरा उठेकाले यसलाई ठूलो इस्यु बनाउनुको अर्थ नहुने उनले बताए ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ५ : १२ बजे

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ सुरु हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

सुर्खेत– राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई