झापा विद्रोह उग्र वामपन्थको परिणाम भनेर स्वीकारिसकेका छौँ : रुघु पन्त | Khabarhub Khabarhub

झापा विद्रोह उग्र वामपन्थको परिणाम भनेर स्वीकारिसकेका छौँ : रुघु पन्त


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का सांसद रघुजी पन्तले ‘हिंसा’ शब्द असंसदीय नभएको जिकिर गरेका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्ने क्रममा उनले आफूले नै धेरैपटक यो शब्द संसद्‍मै बोलेको भन्दै हिंसा शब्द असंसदीय नभएको बताएका हुन् ।

‘यो संसद राजनीतिक बहसको थलो पनि हो । जुनबेला माओवादी पार्टी भन्ने नामै थिएन, ०४७ सालको संविधानपछि हामी यो संसदमा आउँदा आलोचना र प्रतिआलोचना अनि कडा बहस र छलफल हुँदा त्यसबेला एक दुई साथीहरुले हामीलाई तपाईंहरूले व्यक्ति हत्या गरेर आउनुभयो, झापामा तपाईंहरुले टाउको काटेको होइन भनेर आरोप लगाउनुभयो, त्यसलाई हामीले आपत्ति गरेनौं’, उनले भने, ‘हामीले जवाफमा के भन्यौं भने तपाईंहरूले पनि कुनै बेला राजालाई बम हान्नुभयो, तपाईंहरूले पनि सश्त्र उठाउनुभयो भन्यौँ ।’

उनले संविधानमा सशस्त्र संघर्षको कुरा लेखिएको बताउँदै उनले भएको कुरालाई हिंसाभन्दा कसैले टाउको दुखाउन नहुने उल्लेख गरे । पन्तले आफूहरूले झापा विद्रोहलाई उग्र वामपन्थको परिणाम भनेर गल्ती स्वीकारेको पनि बताए ।

‘झापामा हामीले व्यक्ति हत्या भयो, त्यो उग्रवामपन्थको परिणाम थियो भनेर स्वीकारेका छौँ’, पन्तले भने, ‘संसद्‍मा बोलेका नेताहरूका कुरामा कयौँ पटक हिंसा शब्द प्रयोग भएको छ । कुनै माननीयले कसैलाई तोकेर हिंसात्मक भन्यो भन्न पाउँदैन । राजनीतिक आलोचनामा हिंसा गर्नुभयो र व्यक्ति हत्या गर्नु भयो भनेर मैले नै बोलेको छु । हिंसा भन्ने शब्द असंसदीय होइन । सभामुखले रुलिङ गरिसकेपछि पटक पटक छलफल गर्नुको औचित्य छैन ।’

राजनीतिक आलोचनामा माओवादीहरूले जनयुद्ध गर्दा हिंसा गरेको भनेर यही संसद्‍मा कुरा उठेकाले यसलाई ठूलो इस्यु बनाउनुको अर्थ नहुने उनले बताए ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ५ : १२ बजे

पर्यटनमार्फत समृद्धि खोजिरहेको लोपोन्मुख आठपहरिया समुदाय

धनकुटा– धनकुटा बजारबाट करिब पाँच किलोमिटर उकालो चढेपछि पुगिन्छ, सिप्तिङ

प्रत्यक्ष निर्वाचित कार्यकारीले स्थायित्व दिन्छ भन्नु मात्रै : लीलामणि पौडेल 

काठमाडौं– पूर्व-मुख्यसचिव लीलामणि पौडेलले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले देशमा स्थायित्व

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

काठमाडौं – केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको दोस्रो चरणमा पुरुषतर्फ

दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा पूर्व सहसचिव कार्की पक्राउ

काठमाडौं– केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल ट्रस्टको नाममा दर्ता

कांग्रेस बैठक : पूर्वमन्त्री आलमको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमको