दक्षिण भारतमा मिनी ट्रक दुर्घटना हुँदा सात जना मजदुरको मृत्यु « Khabarhub

दक्षिण भारतमा मिनी ट्रक दुर्घटना हुँदा सात जना मजदुरको मृत्यु


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा बुधबार एउटा मिनी ट्रक पल्टिएर नहरमा खस्दा कम्तीमा सात जनाको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । 

मृतक सबै मजदुर थिए । उनीहरू मिनी ट्रकमा काजुको बोरामा बसेका थिए । गहिरो खाल्डोबाट बच्न तीव्र गतिमा मोड लिँदा चालकले नियन्त्रण गुमाउँदा गाडी पल्टिएर नहरमा खसेको थियो ।

गाडी पल्टिएपछि मजदुरहरूलाई पनि नहरमा खसेका र काजुको बोराको तौलले थिचेको थियो । श्वासप्रश्वासमा समस्या भई उनीहरूको मृत्यु भएको हो ।

सडक दुर्घटना राज्यको पूर्वी गोदावरी जिल्लाको चिन्नयागुडेम गाउँमा भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ६ : २५ बजे

सरकारलाई सुशीलाको सन्देश : राजनीतिक स्थायित्व संसदीय गणितमा होइन, शासकको चरित्र र कार्यशैलीमा भर पर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार,

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा

भदौ २३ को एक वर्ष : सरकार बदलियो, राज्य कहाँ ?

आज भदौ २३ । ठीक एक वर्षअघि यही दिन काठमाडौँका

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह