गृहमन्त्री भन्छन्- निजी क्षेत्रमा अख्तियार जान नहुनेमा आमसहमति देखियो « Khabarhub

गृहमन्त्री भन्छन्- निजी क्षेत्रमा अख्तियार जान नहुनेमा आमसहमति देखियो


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा समिति राज्य व्यवस्था तथा सुशासन समिति सैद्धान्तिक रुपमा स्पष्ट हुन जरुरी रहेको बताएका छन् ।

बिहीबार सिंहदरबारस्थित प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासनको बैठकमा बोल्दै गृहमन्त्री लेखकले निजी क्षेत्रमा प्रवेश गर्ने वा नगर्ने ? बारे स्पष्ट हुन समितिमा अझ बढी छलफल हुनुपर्नेमा जोड दिए ।

‘निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकार जाने कि नजाने, जाने, जाँदा कतिसम्म जाने? भन्ने प्रष्ट भएर लेख्ने कुरामा गाह्रो हुन्न’, उनले भने, ‘पहिले त प्रिन्सिपल सेट हुनु पर्‍यो, प्रिन्सिपल सेट भए त्यहीअनुसार भाषा लख्ने हो। भाषा लेख्ने कुरा कठिनाई होइन ।’

उनले छलफलका क्रममा निजी क्षेत्रमा अख्तियार जानु हुन्न भन्ने कुरामा आमसहमति देखिएको बताएका छन् ।

‘अझै एउटा कुरा टुंगिन बाँकी रहेको जस्तो के देखिएमा, सरकारी पैसा निजीमा गएमा हेर्नुपर्ने भन्ने पनि छ’, उनले भने, ‘सरकारी पैसा निजीमा जाँदा कस्तो गएको हो ? ऋण गएको कि अनुदान ? जाने प्रक्रियालाई समात्ने हो कि ? सरकारी पैसा गएको मात्रै हेर्ने कि ? निजी क्षेत्रको पनि हेर्ने हो कि ? यो कुरामा समिति पहिले सिद्धान्तः स्पष्ट होस ।’

उनले निजीमा प्रवेश गर्दा कति गर्ने भन्ने कुरामा पनि समिति सैद्धान्तिक रुपले स्पष्ट हुनुपर्नेमा जोड दिए । निजी क्षेत्रलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानको दायरामा ल्याउने प्रावधानमाथि समितिमा सांसदहरूले छलफल सुरु गरेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  १ : ०३ बजे

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट फिर्ता गरिने

काठमाडौं- सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम

एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का

मुम्बई- गत वर्ष भएको एअर इन्डियाको भीषण विमान दुर्घटनाबारे पुनः

देशभर सरकारविरोधी प्रदर्शन चर्किँदै

काठमाडौं– सुकुम्वासी तथा सार्वजनिक जग्गामा बसोबास् गर्दै आएकाहरूले देशभर सरकार

दुई पत्रकारलाई दयाशङ्कर पत्रकारिता सम्मान

गण्डकी- राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक सूर्यचन्द्र बस्नेत र

यात्रुको सुरक्षा सुनिश्चित गर्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सडकमा