मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री ओली « Khabarhub

मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री ओली

दुई महिने अवधिको पनि समीक्षा गरिने


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत असार ३० गते तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका केपी शर्मा ओलीले संघीय सरकारका मन्त्रीहरूसँग हालसम्मको कामको समीक्षा गर्ने भएका छन् ।

बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारमा प्रधानमन्त्री ओलीले संघीय सरकारका सबै मन्त्रीहरू सहभागी हुने गरी समीक्षात्मक बैठक राखेका छन् ।

उक्त बैठकमा ओलीले  सरकार बनेको दुई महिनायताको कामको समीक्षा गर्न लागेका हुन् । ओलीले त्यहीँ मन्त्रीहरूसँग उनीहरूको कार्यप्रगति विवरण पनि लिँदैछन् ।

यो बैठकमा ओलीले सबै मन्त्रीसँग कार्यसम्पादन सम्झौता पनि गर्ने भएका उनको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार बिहीबार दिउँसो प्रधानमन्त्री ओलीले संघीय सरकारका सबै मन्त्रीहरूलाई कार्य सम्पादन सम्झौताका लागि सिंहदरबार बोलाएका हुन् ।

मन्त्रीहरूले तयार गरेको कार्ययोजनामा प्रधानमन्त्री ओलीले सम्झौता गर्ने भएका छन् । त्यसका आधारमा उनले मन्त्रीहरूलाई सम्भावित योजनासहित काम तोक्ने भएका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  १ : २६ बजे

‘बालेन्द्र आएपछि केही चुनौती बढेको छ, झापा ५ मा हामी जित्छौँ’

काठमाडौं- यस पटको प्रतिनिधिसभाको निर्वानमा इपिक सेन्टर बनेको छ झापा

एनजीसीसीआई र केसीसीबीच उद्योग-शिक्षा सहकार्यका लागि समझदारी

काठमाडौं– नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) र पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको कान्तिपुर

भौतिक मन्त्रालयलाई मुख्यमन्त्री कँडेलको निर्देशन : रुग्ण आयोजनाको ठेक्का तोड्नुस्

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिने तर समयमा

ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच फेरि वार्ता हुने

एजेन्सी – अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा