अन्तरमन्त्रालय स्वास्थ्य समन्वय बैठक वर्षमा २ पटक बस्ने | Khabarhub Khabarhub

अन्तरमन्त्रालय स्वास्थ्य समन्वय बैठक वर्षमा २ पटक बस्ने


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न सरकारी मन्त्रालय तथा सरकारी र गैरसरकारी निकायहरुबीचको अन्र्तमन्त्रालय समन्वय गर्ने जनस्वास्थ्य समितिको बैठक २ वर्षमा पहिलो पटक बसेको छ ।

समिति बनेयता एक पटक मात्र बैठक बसिएकामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालय सम्हाले पछि बैठक डाकेर एक आपसमा समन्वय बढाउने घोषणा गरेका थिए ।

सोही अनुरुप बिहीबार मन्त्रालयमा बैठक बसेको हो । बैठकमा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य सुधारमा आवश्यक समन्वय गर्न सकिने विषयलाई वैधानिक प्रक्रियाअनुसार ल्याए नीतिगत सुधार गर्न तयार रहेको बताए ।

बैठकमा सहभागी मन्त्रालय तथा निजी क्षेत्रका व्यवसायीका प्रतिनिधिले २ वर्षमा बैठक बसेको भन्दै अब नियमित बैठक हुने आशा पलाएको बताए । नियमित बैठक बस्दा धेरै समस्या समाधान गर्न सकिने बताउँदै बैठकका सहभागी एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले अब तीनै तहबीच पनि यही प्रकृतिको अन्तरसरकारी समिति बनाउनुपर्ने बताए ।

श्रम सचिव मुकुन्दप्रसाद निरौलाले स्वास्थ्य प्रमाणपत्र फेल भएर नागरिकले समस्या पाएको भन्दै अब यसको समाधान खोजिनुपर्ने बताए ।

जवाफमा मन्त्री पौडेलले नेपाली नागरिकले विदेशमा स्वास्थ्य परीक्षण फेल भएकै कारण दुःख पाउने अवस्था आउन नदिन आवश्यक सुधार गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

बैठकले कार्यविधि संशोधनसहित पारित गरेको छ । अब वर्षमा २ पटक समितिको बैठक बसिने भएको छ ।

यसैगरी, महामारी स्वास्थ्य सुरक्षा तथा आपतकालीन व्यवस्थापन उपसमिति र मासिक स्वास्थ्य, लागू पदार्थ तथा दुर्व्यसनी नियन्त्रण उप समितिसमेत गठन गर्ने बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ४ : ५९ बजे

रविलाई मुद्दा दर्ताका लागि कास्की अदालत लगियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि

प्रि ओपन सेसन अपडेट : नेप्से साढे ९ अंकले घट्यो

काठमाडौं– प्रि ओपन सेसनमा नेप्से परिसूचक ९.५२ अंकले घटेको छ

महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो : राज्यले बुझेन हाम्रो दुःख

दाङ– दाङको घोराही उपमहानगरपालिका–६ निवासी माया चौधरी २०४६ सालदेखि महिला

सिरहामा एकवर्षमा मानवअधिकार उल्लङ्घनका ८८ घटना

सिरहा– अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सिरहामा सन् २०२४ मा

एमाले सचिवालय बैठक बुधबारका लागि आह्वान

काठमाडौं– नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।