पूर्वाधार सम्मेलन सुरु, गुणस्तरीय र दिगो पूर्वाधार निर्माणमा जोड « Khabarhub

पूर्वाधार सम्मेलन सुरु, गुणस्तरीय र दिगो पूर्वाधार निर्माणमा जोड


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं दुई दिने नेपाल पूर्वाधार सम्मेलन काठमाडौंमा सुरु भएको छ । बिहीबार र शुक्रबार चल्ने पूर्वाधार सम्मेलनमा पूर्वाधार निर्माण क्षेत्रका सरोकारवाला, विज्ञ, सरकारी प्रतिनिधि, आगन्तुक अतिथिलगायतका उपस्थिति रहेको छ ।

काठमाडौंको सोल्टी होटलमा सुरु भएको पूर्वाधार सम्मेलनको अवसरमा अर्थमन्त्री विष्णु पौडेलले गुणस्तरीय र दिगो पूर्वाधार निर्माण नै सरकारको प्राथमिकता भएको बताएका छन् ।

नेपाल इन्फ्रास्ट्रक्चर समिट–२०२४ को मूल समारोहका अवसरमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । गुणस्तरीय, दिगो र भरपर्दो पूर्वाधार विकास निर्माणका लागि सरकारले लगानी जुटाउन सबै प्रकारको सहजीकरण गर्ने बताए ।

पूर्वाधार निर्माण क्षेत्रमा सरकारले निजीक्षेत्रसँग सहकार्य गर्दै लगानी अभिवृद्धि गर्दै लैजान नीतिगत रुपमा सहजीकरण गरिने उनले बताए । स्वदेशी लगानीले मात्र पूर्वाधार निर्माणका लागि चाहिने पूँजी जुट्न नसक्ने बताउँदै अर्थमन्त्री पौडेलले त्यसका लागि पूर्वाधार सम्मेलन र लगानी सम्मेलनबाट समेत विदेशी लगानी जुटाउन प्रयास भइरहेको बताए ।

नेपाल इन्फ्रास्ट्रक्चर समिटको मूल समारोहका पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले पनि पूर्वाधार क्षेत्रका विकासका लागि सरकारले पूँजी जुटाउन नीतिगत सहजीकरण गर्दै अघि बढेको बताए ।

सुरक्षित र भरपर्दो सार्वजनिक यातायात, सडक, रेल, जलविद्युत्, सुरुङमार्गलगायतका क्षेत्रमा राज्यले ठूलो लगानी गरिरहेको उनको भनाइ छ । सम्मेलनका अवसरमा पूर्वाधार, यातायात, बैंक, बीमा, निर्माण क्षेत्रका २० वटा भन्दा बढी व्यवसायिक स्टलहरू समेत राखिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ५ : ५९ बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन