पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ « Khabarhub

पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार पोखराबाट उनलाई पक्राउ गरिएको हो ।

उनले सञ्चालन गरेको दिया फार्मेसीबाट लागुऔषध बिक्री गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत साउन ३ गते लागुऔषधसहित पक्राउ परेका रोल्पा घर भई पोखरा बस्ने ४२ वर्षका प्रकाश थापामगर माथि अनुसन्धान गर्ने क्रममा श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मगरले उक्त औषधि दिया फार्मेसीबाट खरिद गरेको भनेर बयान दिएका थिए ।

समानुपातिक सांसद रहेको श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस मागेको अडियो बाहिरिएपछि रास्वपाले उनलाई निलम्बित गरेका थियो ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ८ : २६ बजे

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै