बैतडीमा तीन दिनदेखि छैन बिजुली, सरकारी सेवा नै प्रभावित « Khabarhub

बैतडीमा तीन दिनदेखि छैन बिजुली, सरकारी सेवा नै प्रभावित


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

बैतडी– वर्षा र चट्याङका कारण गत बुधबारदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । ३३ र ११ केभी प्रसारण लाइनको विभिन्न क्षेत्रमा समस्या आएपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।  विद्युत् सेवा नहुँदा दैनिक कामकाजका साथै सरकारी कार्यालयको सेवा प्रवाहमा पनि समस्या भएको छ । 

विद्युत् नहुँदा समस्या भएको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटका गणेश विष्टले बताए। 

उनले भने, ‘बिजुली नहुँदा अन्धकारमा बस्नुपरेको छ, मोबाइल चार्ज गर्नसमेत समस्या भएको छ । चार्ज नहुँदा सञ्चारविहीन हुनुपरेको छ ।’

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र प्रमुख जनार्दन पौडेलका अनुसार विद्युत् सेवा नियमित सञ्चालनका लागि लगातारको वर्षाले गर्दा समस्या  भएको जानकारी दिए। 

उनले भने, ‘लाइनमा आएको समस्या केही हदसम्म समाधान भएको छ, अब  मुख्य फेडरबाट लाइन चलिरहेको छैन । लगातारको वर्षाले नियमित विद्युत् सेवा सञ्चालन गर्न समस्या भएको छ ।’

बुधबार बेलुकादेखि लगातार रूपमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म वर्षा हुने जनाउँदै बैतडीसहित सुदूरपश्चिमका छ जिल्ला रेड जोडमा राखेको छ । 

लगातार वर्षा भइरहेकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले आग्रह गरेका छन् । 

उनले भने, ‘यहाँ दुई दिनदेखि लगातार वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले बैतडीलाई रेड जोडमा राखेको छ । सबैलाई सतर्कता अपनाउन आग्रह छ ।’

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ३ : ३५ बजे

एक सय ९३ फार्म तथा व्यवसायको अनुगमन

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले एक सातामा १९३ फार्म तथा व्यवसायको

टी-२० महिला क्रिकेट : मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

काठमाडौं– मलेसियाले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई दोस्रो अन्तर्राष्ट्रिय टी-ट्वान्टी

गर्मीले भारतमा बिजुली खपतको कीर्तिमान

नयाँदिल्ली– भारतमा बढ्दो गर्मीका कारण शीतलन उपकरणको प्रयोग तीव्र रूपमा

सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौँ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले आगामी आर्थिक

हुलाकमार्फत घरदैलोमै राहदानी सेवा

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा हुलाकमार्फत घरदैलोमा राहदानी पुर्याउने सेवा