वीर अस्पतालमा जलनको उपचार सुरु « Khabarhub

वीर अस्पतालमा जलनको उपचार सुरु


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं वीर अस्पतालमा आजबाट जलनको उपचार सेवा सुरु भएको छ । शुक्रबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा डा.केडी जोशी जलन उपचार केन्द्रको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुभारम्भ गरेका हुन् । 

जलनका बिरामीका लागि अस्पतालमा छुट्टै अप्रेसन थिएटर, आइसीयु र जनरल बेडको व्यवस्था गरिएको छ । जलन उपचार केन्द्रको शुभारम्भ गर्दै मन्त्री पौडेलले जलनको उपचारका लागि आएका बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए । 

केन्द्रको शुभारम्भदेखि अस्पतालको अन्य सेवाको निरीक्षण समेत गरेका मन्त्री पौडेलले अस्पतालमा भएका जनशक्ति र उपकरणको अधिकतम उपयोगमा जोड दिए ।

उनले अस्पतालमा सेवा नै दिन नसक्ने गरि जनशक्ति नरहेको भन्ने सन्देशलाई चिर्नुपर्ने भन्दै पारदर्शी ढंगले अघि बढाउन निर्देशन समेत दिए । मन्त्री पौडेलले सबै टिकटहरूलाई अनलाइन प्रणालीमार्फत लैजान निर्देशन पनि दिए ।

 २०७२ को विकासकारी भूकम्पका कारण अस्पतालबाट जलनका बिरामीको उपचार सेवा बन्द भएको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ३ : ४६ बजे

सामाजिक सञ्जालमार्फत होटलमा यौन धन्दा, १२ युवतीसहित १६ जना पक्राउ

काठमाडौँ । काठमाडौँमा सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य

निर्वाचन क्षेत्र रणनैतिक सडकः विगतको दायित्व भुक्तानी गर्न २ अर्ब

काठमाडौँ । सरकारले निर्वाचन क्षेत्र रणनैतिक सडकको विगतका आर्थिक वर्षको

महावीरले मागेको मन्त्रालय पाउँदा रास्वपाकै सांसद जिल्लिए

काठमाडौं- झण्डै दुईतिहाइ बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको बलियो

जेन-जी आन्दोलनमा लागेका फौजदारी मुद्दा फिर्ता लिँदै गृहमन्त्री

काठमाडौं- दोस्रो पटक गृहमन्त्रीको कुर्सीमा पुगेका सुधन गुरुङले गत २०८२