संसद्को अवरोध कायम राख्ने माओवादी केन्द्रको निर्णय « Khabarhub

संसद्को अवरोध कायम राख्ने माओवादी केन्द्रको निर्णय


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले संसद्को अवरोध कायमै राख्ने निर्णय गरेको छ । 

संसदीय दलको शुक्रबार बसेको बैठकले एमाले सचिव योगेश भट्टराईले माओवादी जनयुद्ध, शान्ति सम्झौता र संविधानलाई अपमान गरेको निष्कर्षसहित संसद्‌मा पार्टीले गरिरहेको अवरोधलाई जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका हुन् ।

बैठकले संसद् अवरुद्ध गर्नु सही भएको निष्कर्ष निकालेको बताउँदै पाण्डेले सभामुखको निर्णय हिंसा शब्दलाई मात्र केन्द्रित गरेर आएको तर आफूहरूको माग सिंगो जनयुद्धलाई अपमानित गरिएको विषय रहेको बताए ।

सभामुखले रुलिङ गरेको विषय संविधान र शान्ति सम्झौता बमोजिम नआएको बताउँदै आफूहरू निरपेक्ष रुपमा शब्दको पछि नलागेको र सिङ्गो जनयुद्धको अपमान गरेकोले यसलाई प्रतिवाद गरेर जाने निर्णय गरेको पाण्डेले बताए । 

बुधबार सभामुखले हिंसा शब्द असंसदीय नभएको निर्णय सुनाएपछि माओवादीले संसद् अवरुद्ध गरेको थियो र संसद्को बैठक स्थगित भएको थियो ।

बैठकले उपपसभामुख इन्दिरा राना मगरले भिसा अन्तर्वार्ताका लागि पत्र लेख्नु कमजोरी भएको भएपनि १८ महिनापछि संवैधानिक परिषद्लाई हेरेर उपसभामुखलाई हटाउन खोजेको निष्कर्ष निकालेको पाण्डेले बताए ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ५ : ०३ बजे

अख्तियार प्रमुखसहित १० हाइप्रोफाइललाई कसले दियो ‘सफाया’ गर्ने धम्की?

काठमाडौँ – सरकारले विभिन्न १० हाइप्रोफाइल व्यक्तिको निवास वरपर पनि

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २०० उडान रद्द

नयाँदिल्ली – भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता

नेपाली महलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्न सरकारसँग आग्रह

काठमाडौं – अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले विदेशी मह

बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा बलियो,