अन्तरिक्ष स्टेशनमाबाट सुनिता र बुचको पत्रकार सम्मेलन « Khabarhub

अन्तरिक्ष स्टेशनमाबाट सुनिता र बुचको पत्रकार सम्मेलन


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


873
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलमोरले मिडियासँग कुरा गरेका छन्।

मिडियासँग कुराकानीको क्रममा सुनिता विलियम्सले उडानको तयारी गर्दै गर्दा आफूहरू आठदिनको लागि मात्र जान लागेको भएपनि समस्या आएमा लामो समयसम्म बस्नुपर्ने हुनसक्ने अनुमान रहेको बताएकी छन् ।

अन्तरिक्ष यात्री सुनिताले भनिन्, ‘जब बुच र म यो उडानको तयारी गरिरहेका थियौं, हामीले परीक्षण उडानको बारेमा कुरा गर्यौं । हामीलाई थाहा थियो कि यो आठ दिनको लागि निर्धारित छ, हामीलाई थाहा थियो कि त्यहाँ केही चीजहरू छन् जसले हामीलाई धेरै लामो समयसम्म यहाँ राख्न सक्छ ।’

उनले भनिन्, ‘हामीले स्टारलाइनरका लागि मात्र होइन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनका लागि पनि धेरै वर्षदेखि तालिम लिइरहेका छौं । हामी दुवैजना पहिले पनि यहाँ आएका छौं, त्यसैले हामीसँग केही अनुभव छ ।’

सुनिता विलियम्स र बुच विल्मोर यस वर्षको जुन ५ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको लागि परीक्षण अभियानमा प्रस्थान गरेका थिए । त्यतिबेला उनले केही दिनमै स्वदेश फर्कने आशा गरेका थिए । तर यो यात्रा उनको योजना अनुसार हुन सकेन । यो नियमित रूपमा प्रयोग गर्नु अघि नयाँ अन्तरिक्ष यानले कसरी प्रदर्शन गर्छ भनेर हेर्नको लागि यो एक परीक्षण थियो ।

तर, जसरी अगाडि बढ्दै गयो, केही समस्याहरू देखा पर्न थाले । यसको प्रोपल्सन प्रणालीमा चुहावट र केही थ्रस्टरहरू पनि बन्द हुन थाले । तर, उनीहरु सकुशल अन्तरिक्ष स्टेसन पुगेका थिए । अब उनीहरु आँउदो फेब्रुअरीमा मात्र पृथ्वीमा फर्किने नासाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  १२ : ३१ बजे

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन्

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा

काठमाडौँ । सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका

बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको

११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण