समायोजनमा जाने प्रहरीको बढुवा गर्न सकिँदैन : गृहसचिव | Khabarhub Khabarhub

समायोजनमा जाने प्रहरीको बढुवा गर्न सकिँदैन : गृहसचिव


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सरकारले समायोजमा जाने प्रहरीको बढुवा गर्न नसकिने दोहोर्‍याएको छ ।

राष्ट्रियसभा अन्र्तगतको विधायन व्यवस्थापन समितिको सोमबार बसेको बैठकमा प्रहरी समायोजन विधेयक २०७६ माथिको छलफलका क्रममा गृहसचिव प्रेम कुमार राईले समायोजनमा जाने प्रहरीको बढुवा गर्न नसकिने बताएका हुन् ।

उनले एउटै तहका प्रदेश प्रहरीले नपाउने र संघीय प्रहरीले पाउने व्यवस्था गर्दा विभेद हुने दाबी गरे । उनले समायोजनमा जाने प्रहरीका लागि दुई ग्रेड थप गर्ने व्यवस्था गरिएको जानकारी गराए ।

बैठकमा समिति सदस्यहरुले विगतमा पनि नेपाली सेनाबाट सशस्त्रमा लैजादा एक तह बढुवा गरिएको नजिर रहेको तथा हाल निजामति कर्मचारीको समायोजन गर्दा पनि एक तह बढुवा गरिएकाले प्रहरी समायोजनमा पनि सोही अभ्यासलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए ।

समायोजनमा जाने प्रहरीको एक तह बढुवा गरिनुपर्ने आवाज उठेपनि त्यो व्यवस्था विना नै प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विधेयक पास गरेको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ३ : २६ बजे

सुनसरीबाट एक सय ८० हजयात्री जाने

इनरूवा– हजका लागि सुनसरीबाट एक सय ८० जना जाने भएका

कान पाक्नबाट बालबालिकालाई कसरी बचाउने ?

कान हाम्रो शरीरको संवेदनशील अंग मध्ये एक हो। कानको राम्रो

साउदीमा अलपत्र नेपाली कामदारलाई स्वदेश फर्काउन पहल

काठमाडौं–  नेपाली राजदूतावास साउदी अरेबियाले स्थानीय जुबेलस्थित सेन्दान इन्टरनेसनल कम्पनीमा

बार्सिलोनालाई २८ औँ पटक स्पेनिस ला लिगाको उपाधि: यमाल बने नायक

काठमाडौं – लामिन यमाल छाएको खेलमा इस्पानियोललाई २-० ले हराउँदै

प्रतिनिधिसभामा आज अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन