आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा | Khabarhub Khabarhub

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ, भदौ ३० गते। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमबङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हुरी चल्ने सम्भावना छ।

यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेश एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका सर्वसाधारणलाई सतर्क रहन विभागले अनुरोध गरेको छ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ६ : ४१ बजे

नेपाली कांग्रेस रोल्पाले पार्टीको नक्कली लेटरप्याड, छाप र हस्ताक्षर प्रयोग गरेर बिदेसिएकामाथि निगरानी गर्ने

काठमाडौं– नेपाली कांग्रेस रोल्पाले पार्टीको नक्कली लेटरप्याड, छाप र हस्ताक्षर

चितवनमा करेन्ट लागेर गैँडाको मृत्यु

चितवन– माडी नगरपालिका–२ भैरवपुरमा करेन्ट लागेर करिब २० वर्षको एउटा भाले

अनुदानलाई निरन्तरता नदिए भदौदेखि आन्दोलन थाल्ने उखु किसानको चेतावनी 

महोत्तरी– उखुखेती गर्ने किसान यतिखेर आन्दोलित भएका छन् । उखुमा

के आँप धेरै खाएमा डन्डिफोर आउने हो ? 

काठमाडौं– यो गर्मीमा आँपको स्वाद सबैलाई मन पर्छ । यसै

अब आवाजबाटै कार र घरका सबै यन्त्रहरू नियन्त्रण गर्न सकिने

काठमाडौं– चिनियाँ टेक दिग्गज शाओमीले नयाँ एआई भ्वाइस मोडल मिडेसाङएलएम–७