सहकारी समितिमा प्रतिवेदनमाथि छलफल जारी  « Khabarhub

सहकारी समितिमा प्रतिवेदनमाथि छलफल जारी 


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले प्रारम्भिक प्रतिवेदनमाथिको छलफल जारी राखेको छ ।

शनिबारबाट प्रारम्भिक प्रतिवेदनमाथि छलफल सुरु भएको हो । प्रतिवेदनमाथि समग्र छलफल गरेर अन्तिम रूप दिने काम भइरहेको समितिको भनाइ छ।

संसदीय समितिको सचिवालयले तयार पारेको प्रतिवेदनमा थपघट गरेर अन्तिम रूप दिने काम भइरहेको समितिको तर्क छ ।

समिति सभापति सूर्य बहादुर थापा क्षेत्रीका अनुसार हालसम्ममा छानबिन कार्यको वित्तीय विश्लेषण प्रस्तुति गरिएको छ।

यस्तै अनुसूची १ का २२ र अनुसूची २ का १० सहित बचत दुरुपयोगमा संलग्न भनी आरोपित ४० वटा खराब स्थितिका सहकारी संस्थाको वित्तीय स्वास्थ्य जाँच परीक्षण गरिएको वित्तीय विश्लेषण २ सय पृष्ठभन्दा लामो तयार भइसकेको छ । यसबारे पनि गहन छलफल भएको छ ।

समितिको कार्यक्षेत्र समयको सीमा असोज ७ गते सकिँदै छ। समितिको तीन महिनाको समयावधि गत भदौ २३ गते सकिँदै थियो । तर सो समयमा प्रतिवेदन तयार गर्न कठिनाइ हुने भन्दै समितिले १५ दिन म्याद थप गरेको थियो ।

समितिले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि सल्लाह, सुझाव लिएको थियो ।

ओलीले सहकारी समस्या समाधानको बारेमा  नेपाल सरकारको तर्फबाट महत्त्वपूर्ण प्रतिबद्धता व्यक्त गरेको सभापति थापाको भनाइ छ ।

ओलीले ठगीमा संलग्न दोषी जोसुकै भए पनि नउम्किने र निर्दोष नफस्ने गरी समितिले छानबिन गरी प्रतिवेदन प्रस्तुत गर्ने सुझाव दिएका थिए ।

ओलीले व्यक्तिको अनुहार नहेरी तथ्य र व्यवहारको आधारमा निष्कर्षमा पुग्नसमेत सुझाव  दिएका थिए ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  १२ : २७ बजे

ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ

गण्डकी– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ भुर्जुङखोलास्थित मुलखेत कुनैबेला हिलो र झाडीले

फ्लोटिलामा भएको इजरायली आक्रमणको चौतर्फी निन्दा

एजेन्सी– विश्व व्यापी सुमुद्र फ्लोटिलामा भएको पछिल्लो इजरायली आक्रमणको इन्डोनेसियासहित

ट्रम्पपछि बेइजिङमा पुटिन, विश्व राजनीति चीन–रुस धुरीतर्फ केन्द्रित

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही घण्टामै

प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्

स्यानेटरी प्याडमा कर हटाउन सांसद यादवको माग, सामाजिक न्यायमाथि प्रश्न

काठमाडौं– प्रतिनिधिसभामा स्यानेटरी प्याडमा लगाइएको करबारे सांसद पुरुषोतम यादवले सरकारको ध्यानाकर्षण