पर्यटन केन्द्रीय सहकारी संघको अध्यक्षमा चन्द्र रिजाल « Khabarhub

पर्यटन केन्द्रीय सहकारी संघको अध्यक्षमा चन्द्र रिजाल


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल पर्यटन केन्द्रीय सहकारी संघको अध्यक्षमा चन्द्र रिजाल चयन भएका छन्। शनिबार सम्पन्न संघको ११ औँ वार्षिक साधारण सभाले रिजालको नेतृत्वमा सर्वसम्मत नयाँ सञ्चालक समिति गठन गरेको हो।

रिजाल ट्रेकिङ एजेन्ट्स एसोसियसन अफ नेपाल (टान) का पूर्व अध्यक्ष र नेपाल पर्यटन बोर्डका पूर्वउपाध्यक्ष पनि हुन्।

संघको नयाँ समितिमा टिकाराम भट्टराई उपाध्यक्ष, तेजबहादुर बोहोरा महासचिव, ज्ञानमणि न्यौपाने सचिव र तेजबहादुर खड्का कोषाध्यक्ष चयन भएका छन्।

सञ्चालक सदस्यहरूमा रुपेश तिमल्सिना, बिकेशकुमार श्रेष्ठ, हरिशरण गिरी, प्रमोद घिमिरे, चित्रकुमार श्रेष्ठ, बेबी राज भण्डारी, नेप्लुमाया भट्ट जिरेल, नरबहादुर महतो, शम्भुप्रसाद शर्मा र जगबहादुर शाह चयन भएका छन्।

लेखा समिति संयोजकमा बुद्धिमान विश्वकर्मा चयन भएका छन् भने सदस्यहरूमा अर्जुन नेपाल र राजन रिमाल चयन भएका छन्।

बागमती प्रदेशका मन्त्री प्रेमभक्त महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाले वार्षिक बजेट र प्रतिवेदन पनि पारित गरेको थियो।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  २ : ५० बजे

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी