पलेसालाई गण्डकी सरकार र पोखरा महानगरको सम्मान « Khabarhub

पलेसालाई गण्डकी सरकार र पोखरा महानगरको सम्मान


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

कास्की– पारा ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई आज पोखरामा नगदसहित सम्मान गरिएको छ ।

नेपाल तेक्वान्दो सङ्घले आइतबार पोखरा सभागृहमा आयोजना गरेको सम्मान कार्यक्रममा गण्डकी प्रदेश सरकारले पलेसलाई एक लाख ५० हजार रुपैयाँ, पोखरा महानगरपालिकाले दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ तथा नेपाल तेक्वान्दो सङ्घ कास्कीले५० हजार पाँच सय रुपैयाँसहित सम्मानपत्रबाट सम्मान गरेका हुन् ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सो सम्मान प्रदान गरेका हुन्  ।

नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी गोवर्धनले तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कास्य पदक जितेकी थिइन् ।

पलेसा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी समेत हुन् । सन् २०२१ को एसिया यूथ पारा गेम्समा स्वर्ण जितेकी पलेसा सन् २०१० देखि तेक्वान्दो खेल्न सुरु गरेको हुन् ।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले पलेशालाई गण्डकी प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने घोषणा गरे । उनले भने, ‘प्रदेश सरकारले गण्डकी प्रदेशका ओलम्पियनहरुलाई गत वर्षबाट मासिक भत्तासहित सम्मानको कार्यक्रमलाई अघि बढाएको छ । पलेशा नेपाली खेलकुदमा इतिहास रच्ने खेलाडी भएको नाताले गण्डकी प्रदेशको खेलाडी नभए पनि उनलाई मासिक भत्ता उपलब्ध गराउने घोषणा गर्दछु ।’

गण्डकी प्रदेश सरकारका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले पलेशाको ऐतिहासिक उपलब्धिले खेल क्षेत्रमा नयाँ सञ्चार गरेको बताए ।

पोखरा महानगरका प्रमुख आचार्यले महानगर राष्ट्रको गहनाका रूपमा रहेका खेलाडीहरूको साथमा रहेको बताए ।  उनले भने, ‘नेपालले लामो समयदेखि ओलम्पिक गेम्समा सहभागिता जनाउँदै आएको छ तर अहिलेसम्म पदक तालिकामा नेपालको नाम चढेको थिएन, पलेसाले त्यसको अभावलाई सम्बोधन गर्ने स्थानमा पुर्‍याएकी छिन्, यो सिङ्गो मुलुकका लागि गर्वको विषय हो । पलेसालगायत खेलाडीहरूको प्रोत्साहन र हौसलाका लागि महानगर सधैँ साथमा छ ।’

प्रमुख आचार्यले भविष्यमा हुने कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका खेलाडीहरूको प्रेरणाको स्रोतको रूपमा पलेशाको सफलता महत्त्वपूर्ण हुने बताए ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ३ : ३१ बजे

बलात्कारपछि हत्या प्रकरण : ट्यूसन पढ्न हिँडेकी इनिसा फर्केर आइनन्…

काठमाडौं- ट्यूसन पढ्न पठाएकी १६ वर्षकी छोरी घर फर्केर आइनन्

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा

नीर शाहले सके ‘कमला मिस’को छायाङ्कन

काठमाडौं – वरिष्ठ कलाकार नीर शाहको निर्देशनमा फिल्म ‘कमला मिस’को