अख्तियारको एक वर्षे उपलब्धि- २६ हजार उजुरी आउँदा १५ सय ४५ विरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

अख्तियारको एक वर्षे उपलब्धि- २६ हजार उजुरी आउँदा १५ सय ४५ विरुद्ध भ्रष्टाचार मुद्दा


३० भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्षमा २६ हजार ९ सय १८ उजुरीहरु प्राप्त भएका छन् ।

३४ औं वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेपछि आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले बिभिन्न माध्यमबाट २६ हजार बढी उजुरी प्राप्त भएको जनाएको हो ।

अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २ सय ६८ उजुरीसमेत गरि जम्मा कारवाही गर्नुपर्ने उजुरीको संख्या ३६ हजार १ सय ८६ मध्ये ७६ दशमलव ५९ अर्थात २७ हजार ७ सय १४ उजुरी प्रारम्भीक छानविनबाटै फछर्यौट भएका छन् ।

अख्तियारमा प्राप्त उजुरीमध्ये सबैभन्दा बढी संघीय मामिलासँग सम्बन्धित ३८ दशमलव ९१ प्रतिशत रहेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

अघिल्लो आर्थिक बर्षका ८ हजार ४ सय ७२ उजुरी चालू आर्थिक बर्षमा जिम्मेवारी सरेर आएका उनले बताए ।

गत आर्थिक बर्षमा विशेष अदालतबाट २ सय ३३ वटा मुद्दाको फैसला भएको छ । ९२ वटाको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावदेन गरिएको उनले बताएका छन् ।

त्यस्तै आयोगले मुद्दाबापत १५ सय ४५ जनालाई प्रतिवादी बनाउँदै ८ अर्ब ४० करोड ६ लाख ४९ हजार बिगो समेत मागदाबी भएको जनाएको छ ।

आयोगले भ्रष्टाचार हुनै नदिन निरोधात्मक र भ्रष्टाचारविरद्ध जागरण अभिवृद्धि गर्ने प्रवर्द्धनात्मक कार्य सञ्चालन गर्दै आएको समेत जनाएको छ ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  ४ : २३ बजे

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

रसुवा– यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको

खुसी र उल्लासका साथ दसैँ मनाउन परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी

पत्रकार उपाध्यायको परिवारलाई आर्थिक सहयोग

दमौली – दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार

बाल्यकालको दसैँ स्मृति : लेकको आलु, नयाँ लुगा र बाबियोको डोरी

काठमाडाैँ – दसैँ भन्नेबित्तिकै जो कसैको मानसपटलमा बाल्यकालका मीठा स्मृति

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ