‘निर्यातमुखी कृषिका लागि ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गरौँ’ « Khabarhub

‘निर्यातमुखी कृषिका लागि ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गरौँ’


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाका सदस्य डाक्टर अञ्‍जान शाक्यले कृषि क्षेत्र र कृषकको स्तरोन्नति नभएसम्म देशको विकास सम्भव नहुने बताएकी छन् ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

सम्बोधनका क्रममा आफू नेपालका तर्फबाट इजरायलको राजदूत हुँदा ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको स्मरण गराउँदै त्यसलाई कार्यान्वयनमा लैजाने हो भने त्यसले पनि कृषि क्षेत्र र कृषकको स्तरोन्नतिमा टेवा पुग्ने स्मरण गराइन् ।

समझदारीपत्रमा नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत शाक्य र इजरायलको तर्फबाट इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीले हस्ताक्षर गरेका थिए।

इजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था (मसाभ) को उपस्थितिमा इजरायली परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच सो समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको थियो ।

मसाभ विश्वका एक सय बढी मुलुकका विज्ञहरूलाई तालिम र सीप विकासको तालिमसँगै प्रविधि हस्तान्तरण गर्दै आएको संस्था हो ।

समझदारी पत्रमा हस्ताक्षर गर्दा नेपालमा प्रधानमन्त्री केपी शर्मा ओली नै थिए । नेपालको तर्फबाट हस्ताक्षर गर्न तत्कालीन मन्त्रिपरिषद्ले निर्णय गरेर राजदूत शाक्यलाई अनुमति दिएको थियो ।

समझदारीपत्रमा हस्ताक्षरअघि राजदूत शाक्यकै पहलमा मसाभ प्रमुख गील हासकेलको टोली नेपाल भ्रमणमा आएको थियो ।

‘म राजदूत रहेका बेला सन् २०१९ को अन्त्यतिर मसावको टोलीलाई नेपाल भ्रमण गराई खेतीयोग्य जमिन र सेन्टर खोल्ने उपयुक्त स्थान देखाउने कार्य भएको थियो,’ शाक्यले भने, ‘यसको निरन्तरताले २०२० को २० सेप्टेम्बरमा इजरायलमा नेपाली राजदूत (तत्कालिन राजदूत म) र इजरायलका तत्कालिन परराष्ट्रमन्त्री गाबे आस्केनाजीबीच वटै प्रदेशमा ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।’

तर, त्यसको चार वर्ष व्यथित हुँदा पनि उक्त सम्झौता कार्यान्वयन हुन नसकेको भन्दै डाक्टर शाक्यले चिन्ता व्यक्त गरे ।

‘नेपालमा उक्त सम्झौता बमोजिम सात वटा प्रदेशहरुमा त के हालसम्म नेपालले एउटा पनि ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न सकेको छैन,’ उनले भनिन्, ‘कृषिमा आधुनिकीकरण गर्ने हो भने ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गरेर विश्वकै उत्कृष्ट इजरायलको प्रविधि नेपाल भित्र्याएर नेपालको कृषि क्षेत्रमा ठूलो फड्को मार्न सकिन्छ ।’

शेयर नेपाल सरकारलाई उक्त ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापनाका लागि जति सक्दो छिटो आवश्यक पहल गर्न पनि आग्रह गरे ।

शेयर हरेक वर्ष करिब ५ सय विद्यार्थी इजरायलको कृषि सेन्टरहरूमा अध्ययनका लागि जाने गरेको र अहिलेसम्म लगभग ३ हजार २ सयले अध्ययन गरेर नेपाल फर्किएको तथ्याङ्क प्रस्तुत गरिन् । केहिले नेपाल फर्किएर कृर्षि क्षेत्रमा उल्लेखनीय काम गरिरहेको पनि बताइन् ।

‘हामी जति सक्दो छिटो ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गरेर इजरायल र अन्य मुलुकबाट फर्किएका युवाहरुलाई जोड्ने हो भने नेपालले पनि कृषि क्षेत्रमा नयाँ युगको आरम्भ गर्न सक्छ,’ भनिन्, ‘सेन्टरको स्थापनापछि कयौँ बैज्ञानिक, प्रोफेसर, कृषिविज्ञ, इन्जिनियर, प्रोगामर, उद्यमी, विद्यार्थी तथा किसानहरुले रोजगारी पाउनुका साथै किसानहरु निर्वाहमुखि कृषिबाट स्तरोन्नति गरी व्यवसाय उन्मुख कृषितर्फ अग्रसर हुन सफल हुनेछन् र उद्यमीका रुपमा स्थापित गरी उनिहरुको जीवनस्तर उकास्न यसले ठूलो योगदान गर्ने छ ।’

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ६ : ३१ बजे

राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का,

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

एजेन्सी– पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो

टी–२० विश्वकपमा स्कटल्याण्डसँग इटाली ७३ रनको विशाल अन्तरले पराजित

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत सोमबार सम्पन्न खेलमा स्कटल्याण्डले इटालीलाई