विश्वकप लिग २ : आज क्यानडासँग प्रतिस्पर्धा गर्दै नेपाल « Khabarhub

विश्वकप लिग २ : आज क्यानडासँग प्रतिस्पर्धा गर्दै नेपाल


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप लिग-२ मा आज नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। क्यानडाले उसको घरेलु मैदानमा नेपालसँग प्रतिस्पर्धा गर्न लागेको हो। यो खेल सोमबार साँझ ७:४५ बजे क्यानडाको किङ सिटी मैदानमा सुरु हुँदैछ।

क्यानडा भ्रमणमा रहेको नेपालले सिरिज अन्तर्गत दुई ओडिआई प्रतिस्पर्धा क्यानडा र दुई प्रतिस्पर्धा ओमानसँग गर्दैछ। क्यानडासँग नेपालले दोस्रो खेल असोज ६ गते खेल्नेछ। नेपालले ओमानसँगको दुई सिरिज भने असोज २ र ८ गते खेल्नेछ।

नेपालले ओडीआई सिरिजपछि क्यानडा र ओमानसँग टी-२० सिरिजमासमेत प्रतिस्पर्धा गर्नेछ।

क्यानडामा सिरिज खेलिसकेर नेपाल लिग २ का लागि अमेरिका पुग्नेछ। अमेरिकामा नेपालले स्कटल्याण्ड र अमेरिकासँग त्रिकोणात्मक र टी-२० आई सिरिज खेल्नेछ।

चार खेल खेलेको नेपालको २ अंक छ। यसअघि त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियासँगका दुई खेलमा हार खाएको थियो भने नेदरल्याण्डसँग एक जित र एक हारको नतिजा निकालेको थियो।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ८ : ५७ बजे

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय