प्रधानमन्त्री भन्छन्- हामी छुद्र हुँदैनौँ, छिमेकी पनि छुद्र नबनुन् « Khabarhub

प्रधानमन्त्री भन्छन्- हामी छुद्र हुँदैनौँ, छिमेकी पनि छुद्र नबनुन्


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषयमा सोमबार प्रतिनिधिसभालाई जानकारी गराएका छन् ।

महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्वसहित प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम छ ।

त्यसबारे जानकारी दिने क्रममा उनले आफूहरू सबै छिमेकीसँग राम्रो सम्बन्ध राख्न तयार रहेको बताएका छन् । उनले असंलग्न परराष्ट्रनीतिको पक्षमा आफूहरू रहेको बताउँदै समभावको हिसाबले सम्बन्ध बनाउने पनि बताए ।

ओलीले आफूहरू कुनै पनि छिमेकी या मित्रराष्ट्रसँग छुद्र रुपमा प्रस्तुत नहुने बताएका छन् । उनले छिमेकीहरू पनि छुद्र नभइदिए राम्रो हुने पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तन र लागुऔ‍षधले पारिरहेको प्रभावसहितका मुद्दा आफूले उठाउने पनि जानकारी दिए ।

ओलीले अमेरिकास्थित कोलम्बिया विश्वविद्यालय र हाडवर्ड विश्वविद्यालयमा पनि सम्बोधन गर्ने जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  २ : ३६ बजे

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०