सानो क्षति भएका सहकारी सदस्यहरूले घाटापूर्ति गर्नुपर्ने समितिको सुझाव  « Khabarhub

सानो क्षति भएका सहकारी सदस्यहरूले घाटापूर्ति गर्नुपर्ने समितिको सुझाव 


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सहकारी समस्याको समाधान गर्न बनेको संसदीय छानबिन समितिले सहकारी कानूनसम्मत काम गर्दागर्दै पनि लगानी समस्यामा परे सहकारी संस्थालाई राज्यले हेर्नु पर्ने सुझाव  दिएको छ । 

समितिले सानो क्षति भएको खण्डमा सदस्यहरूले पनि दामाशाहीले घाटापूर्ति गर्नु पर्ने र बदनियतले काम गरेका कारण संस्था समस्यामा परे कानून बमोजिमको प्रक्रिया अवलम्बन गर्ने सुझाव दिएको छ । 

थोरै घाटा भएको अवस्थामा शेयर सदस्यले नै घाटा पूर्ति गर्नुपर्ने समितिको ठहर छ । 

समितिको सुझावमा भनिएको छ, ‘सहकारी कानूनमा सनियतले काम गर्दागर्दै लगानी समस्यामा परेकोमा राज्यले हेर्नु पर्ने र सानो क्षति भएको खण्डमा सदस्यहरूले पनि दामाशाहीले घाटापूर्ति गर्नु पर्ने छ । बदनियतले काम गरेका कारण संस्था समस्यामा परेकोमा कानून बमोजिमको प्रक्रिया अवलम्बन गर्ने गरी किटानी प्रबन्ध गरी सहकारी कानूनलाई समयानुकूल बनाउने ।’

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ६ : ३० बजे

उत्पादन सुरु गर्ने मिति संशोधनका लागि सम्पर्कमा आउन प्राधिकरणको आग्रह

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले विभिन्न जलविद्युत् आयोजनाका प्रवर्द्धकलाई आयोजनाको व्यापारिक

आईपीएल: : राजस्थानले दिएको २२९ रनको लक्ष्य हैदरावादले ९ बल बाँकी हुँदै गर्यो पूरा

जयपुर- इन्डियन प्रिमियर लिग (आईपीएल) को ३६ औं खेलमा सनराइजर्स

पर्यटकको पर्खाइमा थोरङ फेदी

मुस्ताङ– समुद्री सतहदेखि ५ हजार ४१६ मिटरको उचाइको (मनाङ–मुस्ताङ) थोरङलापास

भिमफेदी कारागारका १३३ कैदीबन्दी अझै फरार

मकवानपुर– मकवानपुरको भिमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये १३३ कैदीबन्दी अझै

तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान

बाँके– बाँकेमा व्यावसायिक रूपमा तरकारी उत्पादन गर्दै आएका किसान विषादी