संसद्को हिउँदे अधिवेशनबाट विभिन्न ऐनहरू संशोधन हुनेछन् : मन्त्री पाण्डे « Khabarhub

संसद्को हिउँदे अधिवेशनबाट विभिन्न ऐनहरू संशोधन हुनेछन् : मन्त्री पाण्डे


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संसद्को हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बद्ध ऐनहरू संशोधन हुने बताएका छन् । 

नेपाल पर्वतारोहण सङ्घको ३४ औं वार्षिक साधारण सभालाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै हाल संसद् अधिवेशन अन्त्य भएकाले आगामी हिउँदे अधिवेशनबाट विभिन्न ऐनहरुलाई अघि बढाउने बताएका हुन् ।

पर्यटन, संस्कृति, हवाई उड्यन, लगायतका नीतिहरू परिमार्जन गर्न खोजिरहेको उनले जानकारी दिए। त्यस्तै उनले नेपाल पर्वतारोहण सम्बन्धी ऐनमा परिमार्जनका लागि सुझाव दिन आग्रह गरे । उनले नेपाल एयरलाइन्सलाई चलायमान बनाउन जरुरी रहेको अवस्थामा तत्परताका साथ लाग्ने धारणा राखे ।

मन्त्री पाण्डेले मुलुकको दुई पार्टीको सिन्डीकेट नभइ मुलुक बनाउनका लागि सबै दलहरूलाई जोड्दै अघि बढ्न चाहेको उल्लेख गरे । उनले अनिलको सरकार ८४ सम्म चल्ने र मुलकको समृद्धि र विकासका लागि काम गर्ने बताए ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ३ : ३८ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार