जाने हैन त अन्तरिक्ष घुम्नलाई ? लाग्नेछ यति खर्च « Khabarhub

जाने हैन त अन्तरिक्ष घुम्नलाई ? लाग्नेछ यति खर्च


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यदि तपाईं अन्तरिक्ष घुम्न जान चाहनुहुन्छ भने अब त्यो रहर पूरा हुने भएको छ । राष्ट्रिय एयरोनाटिक्स र अन्तरिक्ष प्रशासन अर्थात नासाले अन्तरिक्ष घुम्न जाने इच्छा राख्नेहरुका लागि एक विशेष सुविधाको शुरुआत गर्ने भएको छ । जस अन्र्तगत पर्यटकका रुपमा अन्तरिक्षमा घुम्न पाइने छ ।

नासाले ७ जुन २०१९ मा जारी गरेको सूचनाअनुसार सन् २०२० सम्ममा अन्तरिक्षमा पर्यटनसहित व्यवसायीक योजनाका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन खोल्नेछ । तर यस यात्राका लागि यात्रीले ठूलो रकम तिर्नुपर्नेछ ।

नासाले जारी गरेको सूचनाअनुसार अन्तरिक्षमा एकरात बस्दा ३५ हजार अमेरिकी डलर अर्थात झण्डै ४० लाख नेपाली रुपैयाँ लाग्नेछ । नासाको योजनाअनुसार ३० दिनको यात्रा प्याकेज रहन सक्छ, जसका लागि कुल १२ करोड नेपाली रुपैयाँ खर्च हुनेछ ।

नासाका मुख्य वित्तिय अधिकारी जेफ डेविटकाअनुसार प्रति यात्राको लागत ४ खर्ब ८० अर्ब ७३ करोड रहने छ । डेविटकाअनुसार अन्तरिक्षमा जाने यात्रीको ब्यवस्थापन गर्ने जिम्मा स्पेस एक्स र बोइङ्ग कम्पनीको रहने छ । ति कम्पनीले नासाको केन्द्रमा रहने, खानपान गर्ने र सञ्चारको ब्यवस्थापन गर्नेछ । जसबापत यात्रीसँग रकम लिइने छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ६ : ४१ बजे

आजका समाचार : सुरुङबाट उद्धार तत्काल असम्भव, प्रधानमन्त्री पनि पछि हटे, कांग्रेस देउवा समूह महाधिवेशनतिर !

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ

रसुवागढी हाइड्रोको टनेलमा २७५ मिटरसम्म पुगेर खोजी, उद्धार प्रयास जारी

काठमाडौं – बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई

राहत र उद्धारमा छैन माथिदेखि तलैसम्म समन्वय, बालेनले संसद्‍मा सुनाए हुँदै नभएका कुरा

काठमाडौं– रसुवागढी नाकास्थित नेपाल–चीन सीमामा गत बुधबारको भयानक बाढी-पहिरोबारे प्रधानमन्त्री

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित जिल्लामा मोबाइल बिटिएस साइट सञ्चालन

गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बाढी प्रभावितलाई राहत सहयोग

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी