पर्यटन मन्त्री भट्टराईले अघि सारेका महत्वपूर्ण ३ योजना « Khabarhub

पर्यटन मन्त्री भट्टराईले अघि सारेका महत्वपूर्ण ३ योजना


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो एक वर्षे कार्ययोजनामा केहि महत्वपूर्ण योजना सार्वजनिक गरेका छन् ।

मन्त्री भट्टराईले आगामी ६ महिनाभित्र युरोपियन युनियनले युरोपियन आकाशमा नेपाली वायु सेवामाथि लगाएको प्रतिबन्धको सूचीबाट हटाउन आवश्यक सबै पूर्व शर्तहरु पूरा गर्ने योजना बनाएका छन् ।

मन्त्री भट्टराईले सार्वजनिक गरेको यो योजना आगामी फेब्रुअरी अर्थात् भ्रमण वर्ष २०२० शुरु भैसकेको अवस्थामा पूरा हुने बताए ।

यस्तै मन्त्री भट्टराईले अगाडि सारेको अर्को महत्वपूर्ण योजना भनेको सन् २०२० को मार्चमा गर्ने योजना बनाइएको ‘टुरिजम इन्भेस्टमेन्ट समिट’ हो ।

नेपालले सम्पन्न गरेको महत्वपूर्ण २ वटा पूर्वाधार लगानी सम्मेलनमा आशा गरे अनुसारको लगानी नआएको चर्चा चलिरहेको बेला यो सम्मेलनको आयोजना गर्नु चुनौती पूर्ण पनि छ ।

यसैगरी अर्को महत्वपूर्ण योजना भनेको ७० वर्षमाथिका जेष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिने कार्यक्रम ३ महिना भित्र लागू गर्ने योजना पनि हो ।

मन्त्री भट्टराईले सार्वजनिक गरेको कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न भए पर्यटन तथा नागरिक उड्डयन क्षेत्रले ठूलो फड्को मार्नेछ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ७ : १७ बजे

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित

बाँके– बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट नयाँ नेतृत्व चयन

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने

भैँसी चराउन गएका ६० वर्षीय ब्रह्मदेवको खोलामा डुबेर मृत्यु

वीरगञ्ज– खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका–२

गरिमालाई न्याय माग्दै माइतीघरमा आज पनि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीय बालिका गरिमा