दहचोकस्थित इन्द्रदहमा भक्तजनको घुइँचो | Khabarhub Khabarhub

दहचोकस्थित इन्द्रदहमा भक्तजनको घुइँचो


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा लागेको मेला भर्न भक्तजनको घुइँचो लागेको छ । जिल्लाको पश्चिमतर्फ ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पौराणिक महत्व बोकेको दहचाकस्थित इन्द्रदहमा स्नान तथा दर्शन गर्न भक्तजनको घुइँचो लागेको हो । 

देवताका राजा इन्द्र उक्त दहमा आएर स्नान गरेको जनविश्वास अनुसार हरेक वर्ष इन्द्रजात्राको भोलिपल्ट यो मेला लाग्दै आएको छ । यही दहमा देवराज इन्द्रले स्नान गरेको जनविश्वास अनुसार आज बिहानैदेखि स्नान र दर्शनका लागि भक्तजन आउने क्रम रहेको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए।

दर्शनार्थीलाई सहज रुपमा स्नान र दर्शन गर्ने व्यवस्था मिलाइएको बताउँदै उनले बुधबार साँझसम्म करिब २० हजारले मेला भर्ने अनुमान गरिएको उल्लेख गरे । आज मेला भर्न काठमाडौँसहित ललितपुर, भक्तपुर र उपत्यकाका आसपास क्षेत्रबाट धार्मिक पर्यटकको आगमन भइरहेको नगरप्रमुख गिरीले जानकारी दिए।

मेलामा कुनै पनि संकट आइनपरोस् भनेर मंगलबार साँझ दह तथा त्यस परिसरमा दीप प्रज्वलन गरिएको थियो । इन्द्रायणी तथा नारायणको मन्दिर रहेको यस परिसरमा वासुकी नागको ढुङ्गासमेत कलात्मक रूपले राखिएको छ ।

कलंकीबाट करिब नौ किलोमिटरको दूरीमा रहेको इन्द्रदह धार्मिक तथा ऐतिहासिक महत्व रहेकाले मेला लोकप्रिय बन्दै गएको नगरप्रमुख गिरीले बताए । मेलामा सहभागी व्यक्तिको सुविधा तथा मेलालाई व्यवस्थित रुपमा सञ्चालन गर्न स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मीसहित करिब एक सय स्वयंसेवक परिचालन गरिएको छ ।

इन्द्रदहको पोखरीको पानीमा स्नान गरेर छेउमा रहेको इन्द्रको दर्शन गर्नाले जन्मजन्मको पाप नाश हुने जनविश्वास रहेको छ । चन्द्रागिरि–१ का पूर्ववडाध्यक्ष राजेन्द्र केसीका अनुसार इन्द्रदहको परिसर करिब दुई सय रोपनीमा छ । भ्युटावर, सडक स्तरोन्नति, बहुउद्देश्यीय भवनलगायत पूर्वाधार निर्माण सुरु भइरहेकाले आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको उनले बताए।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १ : ३३ बजे

ओलीको तिखो टिप्पणी : यो हाहुको सरकार हो, २-३ हजार केटाकेटीले डिस्कर्डमा भोट गरेर बनाए

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की

 जेन-जी आन्दोलनबारे रास्वपाले भन्यो- अप्रत्याशित र आश्चर्यजनक दुवै होइन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले जेन-जी आन्दोलन शासकीय अनैतिकता र असक्षमताको

पार्टीको १५औँ महाधिवेशन पुस मसान्तसम्म गरिसक्नुपर्छ : नेता कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन पुस

पार्टी छोडेका नेता-कार्यकर्तालाई फर्किन उपेन्द्र यादवको आह्वान

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी

भारी हिमपातका कारण मुस्ताङ-डोल्पा सडक १० दिनदेखि अवरुद्ध

मुस्ताङ– मुस्ताङ-डोल्पा सडक विगत १० दिनदेखि अवरुद्ध बनेको छ ।