यस्तो देखियो उद्घाटनको तीन वर्षपछि खुल्न लागेको धरहरा (तस्बिरहरू) « Khabarhub

यस्तो देखियो उद्घाटनको तीन वर्षपछि खुल्न लागेको धरहरा (तस्बिरहरू)


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ साल वैशाख ११ गते उद्घाटन गरेको धरहरा तीन वर्षपछि बिहीबार संविधान दिवसको अवसरमा सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

एक दशकमा पनि निर्माण सम्पन्न हुन नसकेको धरहराको अहिले पनि काम जारी छ ।

२०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पबाट ढलेको धरहराको मुख्य भग्नावशेषलाई सुरक्षित राखिने भनिएको थियो । तर धरहराका अवशेषहरू अहिले पनि बेवारिसे जस्तै छन् ।

पुन:र्निर्माण प्राधिकरणले तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न नसकेपछि सहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले कार्यान्वयन गरिरहेको छ ।

धरहरा पहिलो पटक राजा रणबहादुर शाहकी कान्छी रानी ललित त्रिपुरा सुन्दरीले विक्रम सम्वत् १८८२ मा बनाउन लगाएकी थिइन्।

त्यसपछि प्रधानमन्त्री भीमसेन थापाले पनि बागदरबारमा अर्को धरहरा बनाए, त्यसलाई सुन्धारा भनिने गरिन्थ्यो ।

विक्रम सम्वत् १९९० को भूकम्पले उक्त धरहरा भत्किएको थियो। त्यो शक्तिशाली भूकम्पले ९ तले धरहरा भत्काएर दुई तल्ला मात्रै जोगिएको थियो।

भत्केको धरहरालाई जुद्धशमशेर राणाले १९९२ मा जीर्णोद्वार गराउन लगाएका थिए । २०७२ वैशाख १२ गतेको भूकम्पले उक्त ऐतिहासिक धरहरा पूरै ढलेको थियो । जहाँ दर्जनौँ मानिसले ज्यान पनि गुमाएका थिए ।

तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ३ : ३२ बजे

कञ्चनपुरमा लागूऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर– समाजमा बढ्दो लागूऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले

‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि

सर्पदंशलाई सामान्य नठानौँ, जीवन बचाऔं : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वर्षायाममा सर्पदंशका घटना बढ्ने

रास्वपा सांसदमाथि आक्रमण प्रयास, कालोमसी हानियो

रौतहट– रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का रास्वपा सांसद गणेश पौडेलमाथि

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको तयारी

पेरिस– फ्रान्सले १५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने