यस्तो देखियो उद्घाटनको तीन वर्षपछि खुल्न लागेको धरहरा (तस्बिरहरू) « Khabarhub

यस्तो देखियो उद्घाटनको तीन वर्षपछि खुल्न लागेको धरहरा (तस्बिरहरू)


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ साल वैशाख ११ गते उद्घाटन गरेको धरहरा तीन वर्षपछि बिहीबार संविधान दिवसको अवसरमा सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

एक दशकमा पनि निर्माण सम्पन्न हुन नसकेको धरहराको अहिले पनि काम जारी छ ।

२०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पबाट ढलेको धरहराको मुख्य भग्नावशेषलाई सुरक्षित राखिने भनिएको थियो । तर धरहराका अवशेषहरू अहिले पनि बेवारिसे जस्तै छन् ।

पुन:र्निर्माण प्राधिकरणले तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न नसकेपछि सहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले कार्यान्वयन गरिरहेको छ ।

धरहरा पहिलो पटक राजा रणबहादुर शाहकी कान्छी रानी ललित त्रिपुरा सुन्दरीले विक्रम सम्वत् १८८२ मा बनाउन लगाएकी थिइन्।

त्यसपछि प्रधानमन्त्री भीमसेन थापाले पनि बागदरबारमा अर्को धरहरा बनाए, त्यसलाई सुन्धारा भनिने गरिन्थ्यो ।

विक्रम सम्वत् १९९० को भूकम्पले उक्त धरहरा भत्किएको थियो। त्यो शक्तिशाली भूकम्पले ९ तले धरहरा भत्काएर दुई तल्ला मात्रै जोगिएको थियो।

भत्केको धरहरालाई जुद्धशमशेर राणाले १९९२ मा जीर्णोद्वार गराउन लगाएका थिए । २०७२ वैशाख १२ गतेको भूकम्पले उक्त ऐतिहासिक धरहरा पूरै ढलेको थियो । जहाँ दर्जनौँ मानिसले ज्यान पनि गुमाएका थिए ।

तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ३ : ३२ बजे

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ