धरहरा आंशिक मात्रै सञ्चालनमा ल्याइने, शुल्क प्रतिव्यक्ति ६ सय रुपैयाँ ! « Khabarhub

धरहरा आंशिक मात्रै सञ्चालनमा ल्याइने, शुल्क प्रतिव्यक्ति ६ सय रुपैयाँ !


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले अहिलेलाई धरहरा आंशिक मात्रै सञ्चालन हुने बताएका छन् ।

बुधबार धरहरा चढेका मन्त्री सिंहले पत्रकारहरूसँग कुरा गर्दै यस्तो जानकारी दिएका हुन् ।

‘सुरुमा त अन्तरिम अवधिका लागि मात्रै हो, जति समय बाँकी छ’, उनले भने, ‘धरहरा हेर्नेलाई तलै बस्ने र इच्छा हुनेलाई मात्रै टिकट काटेर माथि चढ्ने व्यवस्था गरिनेछ ।’

उनले धरहरा चढ्न अनलाइनबाट टिकट बुकिङ प्रणाली ल्याइने बताए । उनका अनुसार अनलाइनबाट टिकट बुकिङ गरेर धरहरा चढ्न सकिनेछ । त्यसका लागि प्रतिव्यक्ति ५०० वा ६०० रुपैयाँमा धरहरा चढ्ने व्यवस्था गरिने उपप्रधानमन्त्री सिंहले बताए ।

उनले धरहरा बनेको लामो समय बित्दा पनि सर्वसाधारणले चढ्न नपाएको बताए । ‘अहिले अन्तरिम कालका लागि मात्रै हो, जनताले धरहरा बनेको यत्तिका समय हुँदा पनि चढ्न नपाएको गुनासो गरेका छन्’, उनले भने ।

उनले धरहरालाई पूर्णक्षमता सञ्चालनका लागि काम भइरहेको पनि बताएका छन् ।

२०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पबाट ढलेको धरहराको मुख्य भग्नावशेषलाई सुरक्षित राखिने भनिएको थियो । तर धरहराका अवशेषहरू अहिले पनि बेवारिसे जस्तै छन् ।

पुन:र्निर्माण प्राधिकरणले तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न नसकेपछि सहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले कार्यान्वयन गरिरहेको छ ।

धरहराबाट देखिएको दृश्य

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ६ : ३३ बजे

गृहमन्त्रीको संकट गरिहिँदा बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं- गृहमन्त्री सुधन गुरूङ विवादमा परेसँगै प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को

हर्कले भने : गृहमन्त्री धेरै विवादमा परे, राजीनामा दिनु नै उचित हुन्छ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्रीले मार्गप्रशस्त गर्न

नैनसिंह महरको आरोप : सरकारले दुईतिहाइको दम्भ देखाएर जनताका समस्या भुल्यो

काठमाडौं- नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता वर्तमान राजनीतिक

राजीनामाको दबाबबीच रविलाई भेट्न बूढानीलकण्ठमा गृहमन्त्री सुधन

काठमाडौं- एकपछि अर्को विवादमा परेपछि राजीनामाको दबाबबीच गृहमन्त्री सुधन गुरूङ

उपराष्ट्रपति भान्स बुधबार मात्रै इस्लामावाद पुग्ने, इरानी सहभागिता अझै अनिश्चित

काठमाडौं- इरानसँग दोस्रो चरणको शान्ति वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी